Advertisement

जी २० को शिखर सम्मेलनमा पुटिन सहभागी नहुने

0 72

Advertisement

२४ कात्तिक, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को हप्ता इन्डोनेसियाको बालीमा हुने जी २० नेताहरूको शिखर सम्मेलनमा सहभागी नहुने इन्डोनेसियास्थित मस्कोको दूतावासले जनाएको छ ।

‘म पुष्टि गर्न सक्छु कि (परराष्ट्र मन्त्री) सर्गेई लाभरोभले जी २० मा रुसी प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । राष्ट्रपति पुटिनको कार्यक्रममा अझै काम भइरहेको छ, उनी भर्चुअल रूपमा भाग लिन सक्छन्’, दूतावासका प्रोटोकल प्रमुख युलिया टोमस्कायाले भने ।

शिखर सम्मेलनमा भाग लिने अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि पुटिनलाई बालीमा भेट्ने कुनै मनसाय नभएको बताएका थिए । उनले पुटिनलाई “युद्ध अपराधी“ भन्दै आएका छन् ।

मस्कोले आफ्नो युक्रेन अभियानमा घाटा भोगिरहेको र क्रेमलिनले नोभेम्बर १५ देखि १६ सम्म आयोजना हुने शिखर सम्मेलनमा पश्चिमी निन्दाबाट आफूलाई जोगाउने प्रयास गरिरहेको अनुमानबीच पछिल्लो निर्णय आएको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.