Advertisement

नेपाल र पाकिस्तानको फुटबल हेर्न ५०० र १००० को टिकट,  भाग्यमानी १ जनाले विश्वकपको टिकट पाउने

0 88

Advertisement

२४ कात्तिक, काठमाडौं । नेपाल र पाकिस्तानबीच दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलका लागि टिकट मूल्य तय भएको छ ।

अखिल नेपाल फुटल संघ एन्फाले बिहीबार पत्रकार सम्मेलन गर्दै खेलका लागि ५०० र १ हजार रुपैयाँ टिकट तय गरिएको जनाएको छ ।

साधारणतर्फ ५०० र भीआईपीतर्फ १ हजार टिकट मुल्य राखिएको हो ।

८० सिट भीआईपीका ५ हजारको टिकट व्यवस्था गरिएको एन्फा प्रवक्ता सुरेश साहले जानकारी दिए । नेपाल र पाकिस्तानबीच यही कात्तिक ३० गते दशरथ रंगशालामा खेल हुनेछ ।

यस खेल हेर्ने भाग्यमानी एक दर्शकले कतारमा हुने विश्वकपमा ब्राजिल र क्यामरुनबीचको खेल हेर्ने टिकट प्राप्त गर्ने साहले बताए ।

भाग्यमानी दर्शकलाई एन्फाले टिकट मात्र दिने र हवाई टिकट र खान बस्न आफैंले व्यहोर्नु पर्ने छ ।

मैत्रीपूर्ण खेलका लागि ४८ लाख ६५ हजार ९२७ बजेट लाग्ने साहले बताए ।

एन्फाले मैत्रीपूर्ण खेलका लागि प्रवेश कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गर्दै प्रशिक्षण सुरु गरिसकेको छ ।

पाकिस्तानले सुरुमा नेपालसँग दुई खेल खेल्ने प्रस्चाव गरेको थियो तर नेपालले मंसिर ४ गते चुनाव भएकोले एक खेल मात्र खेल्ने निर्णय गरेको हो ।

पाकिस्तानको राष्ट्रिय टोली पनि सो खेलको लागि नोभेम्बर १३ (कात्तिक २७) मा नेपाल आइपुग्ने एन्फाले जनाएको छ ।

नेपाल र पाकिस्तानबीच हुने अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलको मार्केटिङ्ग, बोर्डकास्टिङ्ग र डिजिटल अधिकारको बिक्री सम्बन्धमा टेन्डर आह्वान गरिएको एन्फाले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.