Advertisement

प्रकाशमानको तर्क– विकास र समृद्धिका लागि कांग्रेसको जित अत्यावश्यक

0 95

Advertisement

२३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकलाई संकट पर्दा निकास दिनसक्ने पार्टी आफ्नो पार्टीमात्रै भएको बताएका छन्। बुधबार आफ्नै निर्वाचन क्षेत्रमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका सिंहले कांग्रेसको जित देशको विकास र जनताको समृद्धिका लागि आवश्यक रहेको बताएका हुन्।

‘कांग्रेसले परिवर्तनको नेतृत्व मात्रै गरेको छैन, सबै राजनीतिक शक्तिहरूलाई समन्वय गर्नसक्ने पार्टी पनि हो भन्ने कुरा कांग्रेसले पटक–पटक पुष्टि गरेर देखाइसकेको छ,’ उनले भने।

देशमा राजनीतिक अस्थिरता अन्त्य गर्न पनि कांग्रेसलाई मत दिनुपर्नेमा उनको तर्क थियो।

हालसम्म जेजति उपलब्धि हासिल भए यिनको संरक्षण गरी समृद्धिको अभियानको नेतृत्व गर्ने संकल्पका साथ कांग्रेस जनतामाझ आएको बताउँदै सिंहले भने, ‘चुनावी अभियानका क्रममा मीठा नारामा नअल्मलिकन जिम्मेवार र भरपर्दो राजनीति दल र नेता चुन्न म यहाँहरूलाई अपिल गर्छु।’

संसदीय निर्वाचनको महत्व काठमाडौं– १ का मतदाताले राम्रोसँग बुझेका छन् भन्दै सिंहले लोकतन्त्र र स्थायित्वको वकालत गरिरहेको कांग्रेसका पक्षमा मतदान गर्नेमा आफू ढुक्क भएको बताए।

सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका सिंहका लागि एमालेका किरण पौडेल र राप्रपाका रवीन्द्र मिश्र मुख्य प्रतिस्पर्धी हुन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.