Advertisement

कोरियामा एकै दिन ६२ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

0 84

Advertisement

२३कात्तिक, एजेन्सी। दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरूको सङ्ख्या बढेको यहाँका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । स्वास्थ्य अधिकारीअनुसार गएको २४ घण्टा यता यहाँ ६२ हजार जना भन्दा बढी सङ्क्रमित भेटिएका छन् ।

यहाँ गएको २४ घण्टा यता ६२ हजार चार सय ७२ जना सङ्क्रमित थपिएका छन् । अघिल्लो दिन अर्थात् सोमबार यहाँ ६२ हजार दुई सय ७३ जना रहकामा मङ्गलवार ती सङ्क्रमित थपिएका हुन् ।

यहाँ कोभिड महामारी सुरु भएयता दुई करोड ५९ लाख ८१ हजार जना भन्दा बढी सङ्क्रमित भेटिएका समाचारमा जनाइएको छ । यहाँको रोग नियन्त्रण तथा निवारण निकायका अनुसार अघिल्लो हप्ताका तुलनामा मङ्गलवार सङ्क्रमित बढेका छन् । अघिल्लो हप्तामा यहाँ बढीमा ५४ हजारमा मात्र सङ्क्रमण देखिएको थियो ।

यहाँ पछिल्लो दिनमा ५९ जनाको यही सङ्क्रमणबाट ज्यान गएको छ । दक्षिण कोरियामा अहिलेसम्म कोभिडको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको सङ्ख्या २९ हजार चार सयभन्दा बढी रहेको बताइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.