Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ

0 65

२३कात्तिक, काठमाडाैं । छ थर जोरपाटी गाउँपालिका–३ काजिमाने पिङडाडा बस्ने ६२ वर्षीय भगिश्वर लिम्बुलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४० वर्षीय तेजबहादुर लिम्बु छन् । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै घरमा बसिरहेका भगिश्वरलाई तेजबहादुरले खुकुरी प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी छ थर जोरपाटीबाट खटिएको प्रहरीले उनलाई खुकुरीसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
न्युज कारखाना

Subscribe to our newsletter



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.