Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

माओवादी छोडेका दुई तिहाइले प्रचण्डलाई भोट हाल्दैनन्– आचार्य

0 51

२३कात्तिक, काठमाडौं । गण्डकी प्रदेश सरकारबाट निष्काशित ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यले दुई तिहाई मतदाताले गोरखामा माओवादीलाई भोट नहाल्ने दाबी गरेका छन्।

सरकारबाट निष्काशनमा परेपछि आक्रोश पोख्दै उनले यस्तो बताएका हुन्। साथै डा बाबुराम भट्टराईलाई अन्यत्र बाटो नदेखेर आत्मसमर्पण गरेको आरोप लगाएका छन्।

कुनै बेला माओवादीलाई रातो स्टिकर लगाएको घर भन्दै त्यागेका भट्टराई अहिले कतै विकल्प नदेखेपछि फेरि माओवादीमै आत्मसमर्पण गर्न गएको आरोप लगाएका हुन्।

उनले भनेका छन्, ‘म ठोकुवा गरेर भन्छु। माओवादी छोडिसकेका २ तिहाईले फेरि प्रचण्डलाई भोट हाल्दैनन्, कुनै दिन रातो स्टिकर लगाएको घर भएको आफैंले भन्ने, अनि अहिले फेरि त्यही घरमा जाने हो भने के छ हाम्रो नैतिकता?’

Subscribe to our newsletter

आचार्यलाई आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि एमाले उम्मेदवारलाई सघाएको आरोप लगाउँदै प्रदेश सकारबाट निष्काशन गरिएको थियो।

आचार्य २०७४ सालमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबाट गण्डकी प्रदेश सभामा निर्वाचित भएका थिए।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.