Advertisement

गण्डकको खाली जग्गामा सौर्य विद्युत्

0 101

Advertisement

२३कात्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नपलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका–७ सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रको स्वामित्वको खाली जग्गामा करिब ६ मेगावाट जडित क्षमताको सौर्य विद्युत् आयोजना निर्माण गर्ने भएको छ।

केन्द्रको स्वामित्वमा रहेको करिब ३४ बिघा जग्गामध्ये ९.७ बिघा जग्गामा सौयै विद्युत् आयोजना निर्माण गरिने छ। गण्डकसहित लमजुङस्थित मध्यमर्स्याङ्दी र सुर्खेतस्थित झुप्राखोला साना जलविद्युत् केन्द्रको स्वामित्वको जग्गामा गरी करिब ९ मेगावाटको सौर्य विद्युत् आयोजना निर्माण गरिने छ।

आयोजनाको अनुमानित लागत एक करोड १५ लाख यूरो रहेको छ। आयोजना निर्माणका लागि जर्मन सरकारद्वारा केएफडब्लू विकास बैंकमार्फत् ६० लाख यूरो अनुदान रकम प्राप्त हुने छ। अपुग रकम नेपाल सरकार र प्राधिकरणले बेर्होने जनाएको छ।

मध्यमर्स्याङ्दी र झुप्राखोला जलविद्युत् केन्द्रमा क्रमश: करिब १ र २ मेगावाटका सौर्य विद्युत् राखिने छ। सोलार प्यानलमार्फत् दिउँसो उत्पादित विद्युत् सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ भने ब्याट्री राखिने छैन।

एक वर्षभित्र ठेक्काट्टाका सम्पूर्ण प्रक्रिया पूरा गरी आयोजना निर्माण सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। आयोजनाको निर्माण २०८१ पुसभित्र सक्ने लक्ष्य राखिएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.