Advertisement

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

0 87

Advertisement

२३कात्तिक, काठमाडाैं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । प्युठानको प्यूठान नगरपालिका–५ पूर्णगाउँस्थित सडकमा लु.१ ज ३७०७ नम्बरको फोर्स गाडी गएराति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गाडीमा सवार प्युठान नगरपालिका–५ पूर्णगाउँ बस्ने ५० वर्षीया मैमा घर्तीसहित ३ जना छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य १२ जनाको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचार भइरहेको छ ।

गाडीका सहचालकलाई नियन्त्रणमा लिनुका साथै हाल फरार गाडीका चालकको प्रहरीले खोजी गरिरहेको छ । महोत्तरीको महोत्तरी गाउँपालिका–३ र ४ को सिमास्थित रानी रतवारा र मरैको बीचमा बिआर ३० एएफ २०६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरी गाउँपालिका–६ बस्ने २२ वर्षीय शंकर पासवान छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो । चितवनको राप्ती नगरपालिका–४ लक्ष्मी नारायण चोकमा ना.२ ख ८५२१ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हाल पहिचान नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष छन् । उनको मंगलबार राति मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङको बुढिगंगा गाउँपालिका–२ ढार्डस्थित सडकमा को.७ प ८२०७ नम्बरको मोटरसाइकललाई प्रदेश १–०२–०४२प १९३७ नम्बरको मोटरसाइकले मंगलबार साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रदेश १–०२–०४२प १९३७ नम्बरको मोटरसाइकल चालक सुनसरी दुहवी नगरपालिका–१० बस्ने ३८ वर्षीय रिकेशराज ढकाल छन् ।

दुर्घटना हुँदा गम्भीर घाइते भएका रिकेशराजको बिराट मेडिकल कलेज टिचिङ अस्पताल गंगाचौकमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार को.७ प ८२०७ नम्बरको मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
न्युज कारखाना



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.