Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

चुनाव प्रचारप्रचारमा सरकारी स्रोतको प्रयोग र खर्चमाथि छानबिन सुरु

0 34

२३ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्वाचन प्रचारप्रसारका दौरान राज्यकोषबाट भएको खर्चमाथि अनुसन्धान सुरु गरेको छ ।

निर्वाचन आयोगले पठाएको पत्रका आधारमा आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट कागजात मगाएको हो ।

‘निर्वाचन आयोगबाटै पत्र आएपछि हामीहरुले त्यसलाई सूचना मानेर थप कागजात मगाएका छौं’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्र पठाइएको छ । अरु थप विवरण पनि मगाइएको छ । सबै कागजात आएपछि अरु विस्तृत थाहा होला ।’

Subscribe to our newsletter

केही साताअघि प्रधानमन्त्री शेरबहादुर देउवा लगायत सत्तारुढ दलका शीर्ष नेताहरु नेपाली सेनाको स्काइट्रक लिएर कञ्चनपुर पुगेका थिए । नेपाली सेनाको विमान प्रयोग भएकाले राज्यकोषको प्रयोग भएको हुनसक्ने आशंकामा आयोगले अनुसन्धान गरिदिन भन्दै अख्तियारमा पत्र पठाएको थियो । आयोगमा सम्बन्धित दलका नेताहरुले भने सरकारी नभई दल र उम्मेदवारको खर्चमा विमानको भाडा तिरिएको बताएका थिए ।

अख्तियारले संघीय तह बाहेक सबै प्रदेशमा सरकारीस्तरबाट निर्वाचनका दौरान हुने खर्च र राज्यको स्रोतसाधनको प्रयोगवारे समेत निगरानी थालेको दाबी गरेको छ ।

सबै प्रदेशस्तरीय कार्यालयहरुमा उजुरी संकलन र त्यसका आधारमा कागजात मगाएर थप छानबिन गर्न निर्देशन गएको आयोगका एक महाशाखा प्रमुखले बताए । उनले भने, ‘राज्यकोषकै रकम खर्चेर निर्वाचन प्रचारप्रसारमा संलग्न भएको भेटिए सरकारी अधिकारीलाई कारबाही गर्ने र सम्बन्धित उम्मेदवारको वारेमा निर्वाचन आयोगमा विवरण पठाउने तयारी छ ।’

राज्यकोषको दुरुपयोगको विषयमा भने निजामती वा सम्बन्धित निकायका कर्मचारीमात्रै छानबिनका दायरामा पर्छन । निर्वाचन वा मनोनयनबाट नियुक्त संघीय तथा प्रदेश तहका जनप्रतिनिधीलाई सरकारी रकम खर्च गर्ने अधिकार हुदैन । सम्बन्धित कार्यालयको लेखा उत्तरदायी अधिकारीहरुले नै यसको जिम्मेवारी लिनुपर्ने नियम छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.