Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

अमोरिकामा मध्यावधि चुनाव : बाइडेनको पार्टी दुबै सदनमा पछाडि

0 43

२३कात्तिक, बीबीसी । अमेरिकाको मध्यावधि चुनावमा हाउस अफ रिप्रिजेन्टेटिभ्स (प्रतिनिधि सभा) मा रिपब्लिकन पार्टी निकै राम्रो अवस्थामा रहेको देखिन्छ ।

१ सय ५४ सिटमा अग्रता लिएर रिपब्लिकन पार्टीको बहुमत लगभग निश्चित मानिएको छ । ४३५ सिट भएको सदनमा बहुमतका लागि एउटै दललाई २१८ सिट चाहिन्छ ।

यद्यपि, सिनेटमा भने डेमोक्र्याट र रिपब्लिकन पार्टीबीच निकै कडा प्रतिस्पर्धा छ ।

तर, यहाँ पनि रिपब्लिकनले डेमोक्र्याटलाई उछिनेको देखिन्छ । सिनेटमा हाल डेमोक्र्याटको ४१ सिट छ भने रिपब्लिकन ४३ सिटमा अगाडि छन् । यहाँ बहुमतका लागि ५० सिट आवश्यक छ । सिनेटमा यी दुई दलबीच निकै प्रतिस्पर्धा हुने अवस्था देखिएको छ ।

Subscribe to our newsletter

यस निर्वाचनमा प्रतिनिधिसभाका सबै ४ सय ३५ र सिनेटका ३४ सिटका लागि प्रतिस्पर्धा हुँदैछ । यसका साथै राज्यहरूले आफ्ना गभर्नरहरू पनि चयन गर्नेछन् ।

यद्यपि, अमेरिकी राष्ट्रपति जो बाइडेन यो चुनावमा सहभागी छैनन् न नै उनको वर्तमान कार्यकालमा यो नतिजाको कुनै असर पर्नेछ तर मध्यावधि निर्वाचनले राजनीतिको भावी दिशा र जनताको मूडलाई संकेत गर्छ ।

फ्लोरिडाका गभर्नर रोन डिसेन्टिस, जसलाई २०२४ चुनावका लागि रिपब्लिकन दाबेदार मानिँदै छ, उनी एकपटक पुनः विजयका लागि अग्रसर छन् ।

विस्कन्सिन, पेन्सिलभेनिया, नेभाडा, जर्जिया र एरिजोनामा ठूलो भीडन्त हुने अनुमान गरिएको छ ।

किन हुन्छ मध्यावधि चुनाव ?

नोभेम्बर २०२० मा, जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित भए । दुई वर्षपछि मध्यावधि निर्वाचनको मिति तय भएको छ ।

नामले नै स्पष्ट हुन्छ कि मध्यावधि चुनाव राष्ट्रपतिको कार्यकालको बीचमा हुने गर्छ । अर्थात् राष्ट्रपतिको निर्वाचन भएको दुई वर्षपछि र अर्को निर्वाचनभन्दा दुई वर्ष अगाडि । यो निर्वाचनको नतिजाले जनताले वर्तमान सरकारको काम र देशको मुड कस्तो छ भनेर जानकारी दिने विश्वास गरिन्छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.