Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन प्रधानमन्त्री देउवाको निर्देशन

0 40

२३कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन निर्देशन दिएका छन्। प्रधानमन्त्री देउवाले भूकम्पले घर भत्काउँदा घाइते भएकाहरुको तत्काल उचिव उपचारको प्रबन्ध गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

सामाजिक सञ्जालमा एक सन्देश लेख्दै प्रधानमन्त्री देउवाले खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्रबिन्दु बनाइ गएको भूकम्पका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। साथै ज्यान गुमाउनेका परिवारजनमा समवेदना प्रकट गरेका छन्।

‘सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाइ गएको भूकम्पमा परि मृत्यु हुनेहरुप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन र घाइतेहरुको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु,’ देउवाले भनेका छन्।

मंगलबार रातिदेखि बुधबार बिहानसम्म गएको भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको छ। अन्य ५ जना घाइते भएका छन्।

Subscribe to our newsletter

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार पूर्वीचौकी गाउँपालिका–३ मा भूकम्पको धक्काले घर भत्किँदा च्यापिएर ६ जनाको मृत्यु भएको हो। घर भत्किएर च्यापिँदा अन्य ५ जना घाइते भएका छन्।

मृत्यु हुनेमा पूर्वीचौधी–३ ठाडागाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी छोरी १२ वर्षीया छोरी तुलसी बोहरा र प्रेमकै घरमा सुतिरहेकी स्थानीय स्थानीय रामवीर बोहराकी १७ वर्षीय छोरी धनसरी बोहरा छन्। यस्तै, सोही गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक (डीएसपी) भोला भट्टले भुकम्पमा परी पाँच जना घाइते रहेका र उपचारका लागि अस्पताल ल्याइएको जानकारी दिए। भट्टका अनुसार भूकम्पको धक्काले पूर्वीचौकी गाउँपालिकामा ८ वटा घर भत्किएका छन्।

भूकम्पले भत्काएका घरको भग्नावशेष हटाउन तथा थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगेको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्र बनाएर मंगलबार रातिदेखि बुधबार बिहानसम्म ३ वटा भूकम्पका धक्का महसुस भएका छन्।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सुरुमा मंगलबार राति ९ बजेर ७ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर ५.७ रेक्टरस्केलको भूकम्प गएको थियो। त्यसपछि राति ९ बजेर ५६ मिनेट जाँदा ४.१ रेक्टरस्केलको भूकम्प गएको थियो।

यस्तै, बुधबार बिहान २ बजेर १२ मिनेट जाँदा ६.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

रातिका सबै भूकम्पको केन्द्र डोटी जिल्लाअन्तर्गत खप्तड राष्ट्रिय निकुञ्ज (खप्डत बाबाको आश्रम आसपास) रहेको भूकम्प मापन केन्द्रले जनाएको छ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.