Advertisement

आज – २३ कार्तिक २०७९ बुधवार को राशिफल

0 295

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ । विश्वास गरेकाले साथ पनि दिनेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मनमा दुबिधा उत्पन्न हुनेछ । मानसिक चिन्ता बढ्नेछ । मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइएला । चलाखीपूर्ण बोलीले काम सफल हुनेछ । शुभ समाचार सुन्नमा आउला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु उचित हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज स्वादिष्ट भोजन पाइनेछ । प्रेममा मधुरता छाउनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । धर्मकर्ममा मन लाग्नेछ । शुभ समाचार सुन्न पाइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । विद्यामा सफलता पाइएला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाहन सुख पनि मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । लगानीको वातावरण बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । प्राविधिक काम पूरा हुनेछन् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.