Advertisement

फ्रान्स सरकारका प्रवक्ताले ट्वीटरको ब्लु टिकका लागि पैसा नतिर्ने, अकाउन्ट भेरिफिकेसन हटाइदिन आग्रह

0 51

Advertisement

२२कात्तिक, काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्वीटरले ब्लु टिक अर्थात् अकाउन्ट भेरिफिकेसनका लागि मासिक ८ डलर शुल्क तिर्नुपर्ने नियम बनाएसँगै विश्वव्यापी रुपमा त्यसको आलोचना भैरहेको छ ।

अमेरिका लगायतका केही देशका आइफोन प्रयोगकर्ताका लागि यो सशुल्क सेवा सुरु भैसकेको छ । तर यो सशुल्क ब्लु सब्सक्रिप्सनका विषयमा मस्कले तिव्र विरोध झेलिरहनु भएको छ । भेरिफिकेसन शुल्क तिर्न नसक्ने भन्दै कतिपय प्रयोगकर्ताहरुले आफ्नो ट्वीटर ह्याण्डल बिक्रिमा समेत राख्न थालेका छन् ।

यसैबीच फ्रान्स सरकारका प्रवक्ता तथा मन्त्री ओलिभियर भेरनले ट्वीटरको भेरिफिकेसन शुल्क तिर्न अस्विकार गरेका छन् ।

रोयटर्सको रिपोर्ट अनुसार भेरनले ट्वीटरको मासिक शुल्क आफुले भुक्तान नगर्ने भन्दै यदि ब्लु टिकका लागि कुनै रकम तिर्नुपर्ने भएमा आफ्नो अकाउन्टबाट ब्लु टिक नै हटाइदिन समेत उनले आग्रह गरेका छन् ।

मस्कले ट्वीटर खरीद गरेपश्चात् आफूले ट्वीटर प्लाटफर्मको प्रयोगलाई जारी राख्ने कि नराख्ने भन्ने विषयमा समेत यकिन नभएको उनले बताएका छन् । एलन मस्कको महत्वाकांक्षाले आफुलाई चिन्तित बनाएको उनको भनाई छ ।

भेरनका अनुसार ट्वीटर एक प्रमुख सञ्चार टूल हो, जसका १ करोड भन्दा धेरै फ्रान्सेली प्रयोगकर्ता छन् । फ्रान्सका कैयन् सरकारी अधिकारीहरुसँग ब्लु टिकवाला आफ्नै ट्वीटर अकाउन्ट छ । फ्रान्सका एक पूर्व स्वास्थ्यमन्त्रीको ट्वीटर अकाउन्टमा ४ लाख २५ हजार फलोअर्स छन् ।

एलन मस्कका १ दिनमै बढे ८ लाख फलोअर्स

ब्लु टिकका लागि पैसा तिर्ने नियम बनाएर आलोचनाको सिकार बनिरहेका छन् ट्वीटरका नयाँ मालिक एलन मस्क । तर वास्तविक संसारको आलोचनाले भर्चुअल संसारको लोकप्रियतालाई असर पार्दो रहेनछ भन्ने कुरा उनका ट्वीटर फलोअर्सको संख्याले देखाएको छ ।

ट्वीटर खरीद गरेको पहिलो दिनमै एलन मस्कका ट्वीटर फलोअर्सको संख्या ८ लाख बढेको छ । मस्कले ६ महिना अघि ट्वीटर खरीद गर्ने घोषणा गरेयता उनका फलोअर्सको संख्या २ करोड ४६ लाख थपिएको छ । पछिल्लो एक महिनामा मस्कका ट्वीटर फलोअर्स ५७ लाखले बढेका छन् ।

यो सँगै एलन मस्क सबैभन्दा धेरै ट्वीटर फलोअर्स भएका व्यक्तिको दोश्रो नम्बरमा उक्लिएका छन् । उनका ११ करोड ४१ लाख फलोअर्स छन् ।

विश्वमा सबैभन्दा धेरै ट्वीटर फलोअर्स अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाका रहेका छन् । ओबामालाई १३ करोड ३४ लाख मानिसले ट्वीटरमा पछ्याइरहेका छन् ।

त्यस्तै तेश्रो स्थानमा ११ करोड ३० लाख फलोअर्ससँगै गायक जस्टिन बिबर रहेका छन् भने चौथो स्थानमा केटी पेरी र पाँचौ स्थानमा रिहाना छन् ।

पछिल्लो एक महिनामा एलन मस्कका ट्वीटर फलोअर्सको संख्यामा ५७ लाखले बढोत्तरी हुँदा ओबामाका फलोअर्सको संख्या ३८ हजारले घटेको छ । त्यस्तै जस्टिन बिबर र केटी पेरीका फलोअर्सको संख्या क्रमशः १ लाख र २३ हजारले घटेका छन् । उता रिहानाका फलोअर्स चाहीँ ४ लाखले बढेका छन् ।
एजेन्सीको सहयोगमा



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.