Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सेयर बजारमा सामान्य गिरावट

0 41

२२ कात्तिक, काठमाडौं । आइतबार उच्च अंकले बढेको सेयर बजार लगातार दुई दिन घटेको छ । सोमबार घटेर बन्द भएको बजार मंगलबार पनि सोही ट्रेन्डमा रह्यो । मंगलबार २.५७ बिन्दुले घटेको बजार १९५६.३६ बिन्दुमा झरेको छ ।

यस दिन कुल २२६ वटा स्टकको १८ हजार ४७२ वटा कारोबारबाट २७ लाख ७३ हजार ७३७ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम १ अर्ब ५ करोड ३१ लाख ३७ हजार ४६७ रुपैयाँ बराबरको भएको छ ।

मंगलबार वित्त, निर्जीवन बीमा, अन्य र जीवन बीमा उपसमूहमा हरियाली देखियो । अन्य सबै उपसमूहको मूल्य घटेको छ । मंगलबार सबैभन्दा धेरै व्यापार उपसमूहले गुमाएको छ ।

घट्दो बजारमा पनि सबैभन्दा धेरै लाइभ इन्स्यारेन्स कर्पोरेसनको मूल्य २.२२ प्रतिशतले बढेको छ । गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल रिइन्स्योरेन्स कम्पनी, बलेफी हाइड्रोसहितका कम्पनीको मूल्य धेरैले बढेको छ ।

Subscribe to our newsletter

कालिका लघुवित्तको मूल्य सबैभन्दा धेरै ५.७७ प्रतिशतले घट्यो । यस दिन मन्दाकिनी हाइड्रो, मनकामना स्मार्ट लघुवित्त, सिटिजन्स म्युचुअल फण्डसहितको मूल्य धेरैले घटेको छ । शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.