Advertisement

३० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ

0 87

Advertisement

२२कात्तिक, बर्दिया । ३० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका -८ का २४ वर्षीय टोपे भन्ने अजिव बुढाक्षेत्री रहेको प्रहरीले जनाएको छ।

उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो। जिल्ला अदालत बर्दियाको २०७३ पुस २४ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ११ महिना ६ दिन कैद र थुनुवा भागे/भगाएको मुद्दासमेतमा गरी जम्मा ३० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

ठाकुरबाबा नगरपालिका-८ बस्ने ६९ वर्षीय जोरा सिंह भन्ने जोरे थापा आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा २०७२ फागुन ५ गते राति अजिवले घरायसी रिसिईबीका कारण धारिलो हतियार दाउ प्रहार गरी हत्या गरेका थिए।

तत्कालीन अवस्थामा प्रहरीले पक्राउ गरी अजिबलाई अदालतमा बुझाइएको थियो। कर्तव्य ज्यान मुद्दामा फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएका अजिब २०७२ साल फागुन ३० गते बयान सपन्न भएपछि शौचालय जान्छु भन्दै गएपछि शौचालयको भेन्टिलेशनबाट फरार भएका थिए।

पक्राउपछि उनलाई मंगलबार जिल्ला अदालतमा पेस गरिएकोमा अदालतको आदेशमा कैद भुक्तानका लागि कारागार कार्यालय बर्दिया पठाइएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.