Advertisement

चुनावअघि सहकारीलाई साधारणसभा गर्न रोक

0 101

Advertisement

२२ कात्तिक, हेटौंडा । बागमती प्रदेश सरकारले मंसिर ४ गतेसम्म सहकारी संघसंस्थालाई साधारणसभा गर्न रोक लगाएको छ ।

प्रदेश सरकार अन्तर्गतको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सोमबार सूचना निकालेर साधारणसभा नगर्न निर्देशन दिएको हो ।

साधारणसभा गर्दा केही सहकारीले जनप्रतिनिधि, प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारलाई अतिथि बनाउँदा आचारसंहिता उल्लंघन हुने भएकाले चुनावसम्मका लागि साधारणसभा नगर्न अनुरोध गरिएको मन्त्रालयका उपसचिव नारायणप्रसाद ज्ञवालीले बताए ।

चुनाव नजिकिदै गएको र सहकारीका कार्यक्रमहरुमा उम्मेदवारहरु नैं पुगेर भोट माग्न थालेको गुनासो आउन थालेपछि निर्वाचन अवधिभर साधारणसभा नगर्न निर्देशन दिइएको उनले बताए ।

बागमती प्रदेश नेपालकै धेरै सहकारी भएको प्रदेश हो । पछिल्लो तथ्यांक अनुसार देशभर ३४ हजार ७ सय १२ सहकारी रहेकोमध्ये ११ हजार ५७७ सहकारी बागमती प्रदेशमा मात्रै रहेको छ ।

हेर्नुहोस् विज्ञप्ति :



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.