Advertisement

बजारको माग अनुसार आपूर्ति नहुँदा सुनचाँदी ब्यवसायी मर्कामा

0 76

Advertisement

२२कात्तिक, काठमाडाैं । बजारको माग अनुसार सुनको आपूर्ति नहुँदा सुनचाँदी ब्यवसायी मर्कामा परेका छन् । विदेशी विनिमय सञ्चितिको अवस्थालाई देखाउँदै नेपाल राष्ट्र बैंकले सुनको आपूर्ति घटाएका कारण बजारमा सुनको अभाव भएको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बजारको आवश्यकता अनुसार कच्चा सुन आपूर्ति हुन नसक्दा ब्यवसायीलाई मर्का परेको बताए । उनका अनुसार आपूर्ति बढाउन महासंघले सम्वद्ध निकायसँग आवश्यक पलह गर्दै आइरहेको छ ।

माग अनुसार कच्चा सुन पाउन नसकेपछि देशभरका सुनचाँदी ब्यवसायीहरुले नेपाल सुनचाँदी ब्यवसायी महासंघको धयानाकर्षण गराउँदै आपूर्ति ब्यवस्था प्रभावकारी वनाउनकालागि आवश्यक पहल गर्न आग्रह गर्न थालेका छन् ।

सोमबार रुपन्देही सुनचाँदी ब्यवसायी संघको प्रतिनिधीमण्डलले महासंघमा आपूर्ति बढाउन माग गर्दै ज्ञापन पत्र बुुझाएको छ । यसअघि ललितपुर सुनचाँदी ब्यवसायी संघले पनि यस्तै पत्र महासंघका बुुझाएको थियो । अन्यविभिन्न जिल्ला संघहरुले पनि आपूर्ति बढाउन आवश्यक पहलगर्न आग्रह गर्दै आएका छन् ।

पछिल्लो समयमा विभिन्न बैंकहरुमार्फत दैनिक १० किलो सुन आपूर्ति हुँदैआएको छ । बजारको माग भने यो भन्दा निकै बढी भएको ब्यवसायीहरुको भनाई छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.