Advertisement

सुर्खेतमा मौसम खराब भएपछि प्रचण्ड सवार हेलिकोप्टर सल्यानमा अवतरण

0 84

Advertisement

२२ कात्तिक, काठमाडौं । काठमाडौंबाट सुर्खेत प्रस्थान गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सवार हेलिकोप्टर सल्यानमा अवतरण भएको छ।

सुर्खतमा मौसम खराबीका कारण प्रचण्ड सवार हेलिकोप्टर सल्यानको खलंगामा अवतरण भएको हो। केही समय सल्यानमा रोकिएपछि हेलिकोप्टर पुन: सुर्खेत उडेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन्।

प्रचण्ड चुनावी अभियानका क्रममा देश दौडाहामा छन्। गठबन्धनका दलहरुले बुधबार सुदूरपश्चिमको दार्चुला र बैतडीमा चुनावी सभाको आयोजना गरेका छन्।

गठबन्धनको चुनावी सभामा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यतालिका छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.