उदयपुर सिमेन्टका कर्मचारीले गुहारे उद्योग मन्त्रालय

0 84

२१कात्तिक, काठमाडौं । उदयपुर सिमेन्ट उद्योगमा विगत १ बर्ष देखि समस्याहरू रहेको र उत्पादननै प्रभावित भएको भन्दै त्यहाँ कार्यरत कर्मचारीका विभिन्न संगठनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाआकर्षण गराएका छन्।

उद्योगमा कार्यरत ४ वटा क्रियासिल यूनियनहरूले सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयको ध्यानाआकर्षण गराएका हुन्।

‘उद्योगभित्र महाप्रबन्धकको उपस्थिति न्यून भएको तथा उद्योगको उच्च व्यवस्थापन अनुत्तरदायी भएको कारण उद्योगको निरन्तर उत्पादनमा समेत असर परी उद्योगलाई ठूलो हानी भएको हामी क्रियाशिल ट्रेड यूनियनहरूको ठहर छ।

उद्योग संचालनको काम प्रमुख कच्चा पदार्थ कोइलाको कारण पटक पटक बन्द भएको र हाल आएर दशकौंपश्चात् क्लिंकर उत्पादन पूर्ण रुपमा बन्द भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

एक वर्ष अगाडिदेखि अवकाश प्राप्त कर्मचारीहरुको आफूले पाउने सेवा सुविधा समेत नपाइ खाली हात जानु परेको परिस्थिति रहेको पनि युनियनहरुले विज्ञप्तिमा उल्लेख गरेका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.