Advertisement

घट्यो डेंगु संक्रमण, पाँच दिनमा छ सय २४ जना मात्र डेंगुका बिरामी

0 69

Advertisement

२१कात्तिक, काठमाडौँ । वर्षायामसँग बढेको डेंगुको संक्रमण ह्वात्तै घटेको छ। वर्षायाम सकिएको र जाडो सुरु हुन थालेपछि डेंगुको संक्रमण घटेको हो। अहिले मौसम चिसो भएको र लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँ नभएपछि ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टे पनि हराउँदै गएको छ। जसले गर्दा डेंगुको संक्रमण पनि कम हुदै गएको छ।

वर्षायाममा कुनै समय एकहप्तामा पाँच हजार भन्दा बढी डेंगुका बिरामी भेटिएका थिए। अहिले त्यो सङ्ख्या निकै घटेको छ। गत मङ्गलबार (यही कात्तिक १५ देखि कात्तिक २० गते) सम्म छ सय २४ जना मात्र डेंगुका बिरामी भेटिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

जवकी अंग्रेजी महिना अक्टोबरमा (गत असोज १५ देखि कात्तिक १५सम्म) मा १७ हजार सात सय १७ जनामा र अङ्ग्रेजी महिना सेप्टेम्बरमा २७ हजार पाँच सय २९ जनामा डेंगुको संक्रमण देखिएको थियो।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले डेंगुको संक्रमण विगत दुई हप्तादेखि घटेको बताए। उनले वातावरणको प्रभाव र रोकथाम तथा नियन्त्रणमा गरेको कामको आधारमा डेंगुका बिरामी घटेको बताए।

महाशाखाकै कीटजन्यरोग शाखाप्रमुख डा गोकर्ण दाहालले जनवरीदेखि ३७औँ हप्तासम्म डेंगुको संक्रमण बढेको र त्यसपछि ३८औँ हप्तादेखि घटन सुरु भएको जानकारी दिए। उनका अनुसार ४३औँ हप्तामामा हजारभन्दा कमको सङ्ख्यामा डेंगुका बिरामी भेटिएका छन्। ४४औँ हप्तामा आइपुग्दा छ सय २४ जनामा मात्र डेंगुको संक्रमण देखिएको छ।

उनले अवको १५ दिनभित्र यो सङ्ख्या निकै कम हुने बताए। महाशाखाका निर्देशक डा दासका अनुसार संक्रमण दर उच्च भएको बेला नेपालमा डेंगु–१, डेंगु–२, डेंगु–३ र डेंगु–४ चार प्रकारका देखिएका थिए।

महाशाखाका निर्देशक डा दासले संक्रमण अघि गरिएको १२ वटा नमूनामा सात वटामा डेंगु–१ र पाँच वटा नमूनामा डेंगु–३ देखिएको जानकारी दिए। अहिले फेरि कुन तहको डेंगु रहेको छ भनेर पत्ता लगाउनका लागि नमूना परीक्षण गरिएको छ। त्यसको रिर्पोट अझै नआएको उनको भनाइ छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावलका अनुसार अहिले अस्पतालमा नौ जना मात्र बिरामी रहेका छन्। तीमध्ये तीन जना सघन उपचार कक्ष (आइसियु) र छजना साधारण शय्यामा उपचाररत रहेका छन्। अस्पतालका प्रमुख कल्सन्टेन्ट फिजिसियन डा बिमल चालिसे विगत १५ दिनदेखि डेंगुका बिरामी आउनेको सङ्ख्यामा कमी भएको बताइन्।

उनले जाडो भएसँगै डेंगुको संक्रमण गराउने लामुखुट्टेको सक्रियता कम भएको, मानिसले पनि बाक्लो हातखुट्टा छोपिने कपडा लगाउने गरेकोले डेंगुका बिरामी घटेको बताउङ्गछीन्।

उनले अस्पतालको आकस्मिक सेवा, बहिरङ्ग सेवा र परीक्षण गराउने आउने बिरामी घटेको बताइन्। अस्पतालमा पहिले दैनिक एक सय ५० देखि एक सय ७० बिरामी उपचार गर्न आउने गरेपनि अहिले त्यो सङ्ख्या घटेको छ। साँझ–बिहानको समयमा सक्रिय हुने मौसममा सफा र जमेको पानीमा बस्न ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण हुने गर्दथ्यो।

नेपालमा यसवर्ष सबैभन्दा बढी डेंगुका बिरामी भेटिएका छन्। असारदेखि असोज मसान्तसम्म सबैभन्दा बढी डेंगुका बिरामी भेटिएका हुन्। यसवर्ष मात्र ५० हजार दुई सय ६३ जना डेंगुका बिरामी भेटिएका छन्।

तीमध्ये ५४ जनाको डेंगुका कारणले निधन भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले डेंगुका बिरामी घटेको बताए। उनका अनुसार अहिले २० जना मात्र डेंगुका बिरामी उपचारत रहेका छन्।

नेपालमा पहिलो पटक सन २००४ मा एक जनामा डेंगु देखिएको थियो। सन् २००५ मा भने डेंगुका बिरामी देखिएनन्। त्यसपछि सन् २००६ देखि डेंगुको संक्रमण देखिँदै आएको छ। सन् २००६ मा ३२ जना, २०१० मा नौ सय १७ जना, २०१३ मा छ सय ८६ जना, २०१६ मा एक हजार पाँच सय २७ जना, २०१७ मा दुई हजार एक सय ११ जना, २०१८ मा आठ सय ११ जना र २०१९ मा डेंगु बढेको पाइन्छ।

तिमध्ये सबैभन्दा बढी २०१९ मा १७ हजार नौ सय ९२ जनामा डेँगुका बिरामी देखिएका थिए। त्यसपछि कोरोना भाइरसका कारणले नेपालमा डेंगुको संक्रमण कम देखिएको छ। सन् २०२० मा पाँच सय ३० जना र सन् २०२१ मा पाँच सय ४० जना डेंगुका बिरामी देखिएका थिए।

पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फूल लार्भा निस्कन्छ र त्यहीँ लार्भा वयस्क भएपछि टोकेर डेंगुको रोग लाग्ने गर्दछ। पछिल्लो समय लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगुका बिरामी बढ्दै गएपछि काठमाडौँ महानगरकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.