Advertisement

सुनचाँदीको भाउ सामान्य घट्यो, सोमबार कतिमा हुँदैछ कारोबार ?

0 91

Advertisement

२१ कात्तिक, काठमाडाैं । सुनचाँदीको भाउ कार्तिक २१ गते सोमबार सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा चाँदीको भाउ तोलामा २०० रुपैयाँ र चाँदीको भाउ १० रुपैयाँले सस्तिएको छ ।

आजका लागि छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजावी सुनको भाउ ९३ हजार ८०० रुपैयाँ तोकिएको छ । यस्तै आज चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

अघिल्लो दिन आइतबार सुनको भाउ तोलामा १४ सयले बढेर छापावाल सुन ९४ हजार ५०० रुपैयाँ र तेजावी सुनको भाउ ९४ हजार ८०० रुपैयाँ तथा चाँदी प्रतितोला ५० रुपैयाँ बढेर १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १६७३ डलर तथा चाँदी प्रतिऔंस २०.५७ डलर हाराहारीमा कारोबार भैरहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा महासङ्घले स्थानीय बजारमा दैनिक (आइतबारदेखि शुक्रबारसम्म) कारोबार हुने सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.