तीनवटा प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना
२१ कार्तिक, काठमाडौं । नेपालमा पछिल्लो केही समययता पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । पश्चिमी वायुको प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।