Advertisement

शेखरको चुनावी संकल्पः म तपाईँहरूको भरोसामाथि कुठाराघात गर्ने छैन

0 52

Advertisement

२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो संकल्प (घोषणापत्र) सार्वजनिक गरेका छन्।

मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा सदस्यमा सत्तागठबन्धनका साझा उम्मेदवार रहेका कोइरालाले संविधानको रक्षा, राजनीतिक स्थिरता, सदाचार एवं सक्षम राज्य संयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माण भन्ने मुल नारासहित संकल्प प्रस्ताव सार्वजनिक गरेका हुन्।

‘म मेरा मतदाता र मोरङको गौरवशाली इतिहासलाई साक्षी राखेर भन्न चाहान्छु। म किमार्थ तपाईँहरूको भरोसामाथि कुठाराघात गर्ने छैन,’ उनले भनेका छन्।

सो अवसरमानेता कोइरालाले मतदाताहरूलाई विवेक प्रयोग गरेर आफूलाई मतदान गर्न अपिलसमेत गरेका छन्। कांग्रेस संस्थापक नेता बीपी कोइरालालाई स्मरण गरेका छन्।

‘बीपी जसलाई हामी सबै (सान्दाजु) भनेर सम्बोधन गर्दथ्यो। म उहाँले नै निर्वाचन लड्नुभएको क्षेत्रमा भोट मागिरहेको छु। यो त्यही क्षेत्र हो, जहाँ गिरिजाप्रसाद कोइराला आफ्नो प्रतिनिधि छान्न मतदान गर्नुहुन्थ्यो,’ उनले भने।

कोइरालाले यो निर्वाचनमा मोरङको विशिष्ट संस्कार परम्पराको जित हुने विश्वास पनि व्यक्त गरेका छन्।

साथै, उनले विराटनगर विमानस्थलको स्तरउन्नति, पूर्वाञ्चल विश्वविद्यालयको शैक्षिक सुधार, मेडिकल कलेज यथासिघ्र सञ्चालन, स्वास्थ्य, बिजुली, खानेपानी लगायतका पूर्वाधार विकासलाई प्राथमिकताका साथ आफ्नो संकल्पपत्रमा राख्दै गठबन्धनका साझा उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.