कोरोना बिमाको दावी भुक्तानी यसै हप्ताभित्र दिइने, क-कसले पाउँछन् पहिलो चरणमा ?

0 104

२०कात्तिक, काठमाडौं । बिमा समितिले कोरोना बिमाको दावी भुक्तानी यसै हप्ताभित्र गर्ने भएको छ। दावी भुक्तानी रोकेको करिब डेढ वर्षपछि बिमा कम्पनीहरूले भुक्तानी सुरु गर्न लागेका हुन्।

सरकारले कोरोना बिमा वापतको एक अर्ब रुपैयाँ बिमा समितिलाई दिएपछि समितिले ८१ करोड ८४ लाख रुपैयाँको जगेडा गरेर बिमितलाई पहिलो चरणमा केही दावी भुक्तानी गर्न लागेको हो।

सरकारले कोरोना बिमा वापतको पैसा आफूहरुलाई जगेडा नगरिदिएको कारण बिमा समितिले २०७७ साल चैतदेखि कोरोना बिमा पोलिसि बन्द गरेको थियो।

बिमा समितिका अनुसार कुल १० अर्ब ५२ करोड रुपैयाँको बिमा रकम दावी भुक्तानी हुँन बाँकी छ। सो रमकमध्येको एक अर्ब ८१ करोड ८४ लाख रुपैयाँ बराबरको दावी भुक्तानी पहिलो चरणमा वितरण गर्न लागिएको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए।

पौडेलले भने, ‘सरकारले सर्वसाधरणलाई पहिलो चरणमा बाँड्न भनेर एक अर्ब रुपैयाँ दिएको छ। त्यसमा ८ प्रतिशत बिमा समितिले थपिदिएको छ। बाँकी केही रकम सम्बन्धित कम्पनीले व्यवस्थापन गरेर एक अर्ब ८१ करोड ८४ लाख रुपैयाँ बराबरको दावी भुक्तानी दिन लागेका छौं। दावी भुक्तानी वितरण गर्ने काम मंगलबारदेखि बुधबार र बिहीबार हुने सम्भावना छ।’

पौडेलले वितरण गर्न लागिएको रमक बिमक संघको खातामा जम्मा भइसकेको जानकारी दिए।

क-कसले पाउँछन् पहिलो चरणमा?
सरकारले पहिलो चरणमा कोरोना बिमाको दावी भुक्तानी गर्दा सर्वसाधारण बिमितिलाई प्राथमिकतामा राखेर दावी भुक्तानी गर्न बिमा समितिलाई भनेको छ। अर्थ मन्त्रालयले बिमा समितिलाई पत्राचार गरी कर्मचारी र संघ-संस्थामार्फत कोरोना बिमा गरिएका बिमितलाई दोस्रो प्राथमिकतामा राख्न निर्देशन दिएको पौडेलले  बताए। यसैगरी, मन्त्रालयले कोरोना बिमा दावी गरेको मितिका आधारमा भुक्तानी दिन भनेको पौडेलले बताए।

बिमित कसले पहिले दावी गरेको छ? कसको कोरोना रिपोर्ट पहिले पोजेटिभ देखिएको छ। सो आधारमा कोरोना रमक भुक्तानी गर्ने व्यवस्था गरिएको पौडेल बताउँछन्। कारोना बिमाको कुल दावी भुक्तानी हुन बाँकी १० अर्ब ५२ करोड रुपैयाँ छ।

बिमा कम्पनीहरूले २०७८ साउनदेखि कोरोना बिमा दावी भुक्तानी वितरण गर्न बन्द गरेका छन्। सरकारले आफ्नो दायित्व नबेहोरेको भन्दै कम्पनीहरूले दावी भुक्तानी नै बन्द गरेका हुन्।

बिमा समितिको तथ्यांकअनुसार एक लाख ११ हजार आठ सय ९९ वटा पोलिसीको दावी भुक्तानी भएको छैन। सो पोलिसीमार्फत १० अर्ब ५२ करोड रुपैयाँ दावी परेको समितिको तथ्यांक छ।

निर्जीवन बिमा कम्पनीहरूमा एक लाख ६२ हजार तीन सय ४६ वटा कोरोना बिमा पोलिसीको दावी परेको थियो। जसमध्ये कम्पनीहरूले हालसम्म ५० हजार चार सय ४७ वटा पोलिसीको मात्रै दावी भुक्तानी गरेका छन्। एक लाख ११ हजार आठ सय ९९ वटा पोलिसीको अझै भुक्तानी भएको छैन।

कम्पनीहरूमा १५ अर्ब ३५ करोड ६८ लाख रुपैयाँ बराबरको दाबी परेको थियो। जसमध्ये हालसम्म चार अर्ब ८३ लाख ३५ लाख रुपैयाँ मात्रै भुक्तानी भएको छ। १० अर्ब ५२ करोड ३२ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ। त्यस्तै, नेपाल सरकारबाट दाबी भुक्तान रकम प्राप्त हुने भनी कम्पनीहरूले एक अर्ब ३९ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरेका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.