Advertisement

धनुषामा गाडी दुर्घटना हुँदा ११ दिने शिशुको मृत्यु

0 125

Advertisement

२० कात्तिक, जनकपुरधाम । धनुषामा गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा एक नवजात शिशुको मृत्यु भएको छ । अन्य ६ जना गम्भीर घाइते भएका छन् ।

जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको ना ३ च ३५७५ नम्बरको बोलेरो लक्ष्मीनिया गाउँपालिका नजिक आइतबार दिउँसो अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा ११ दिने शिशुको मृत्यु भएको धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार ६ जना गम्भीर घाइते भएका छन् ।

उनीहरुको नाम र ठेगाना खुल्न सकेको छैन। गाडी अनियन्त्रित भएर सडक छेउमा पल्टेको डिएसपी क्षेत्रीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि नजिकै रहेको सेन्ट्रल हस्पिटलमा भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको डिएसपी क्षेत्रीले बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.