छिमेक लघुवित्तको खुद नाफा ३३ करोड, ३८.६२ प्रतिशत बढ्यो
२०कात्तिक, काठमाडाैं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा ३२ करोड ९१ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिमा २१ करोड ४१ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।समीक्षा अवधिमा लघुवित्तले खुद नाफा ५३.७१ प्रतिशतले वृद्धि गरेको हो ।
लघुवित्तले असारको तुलनामा असोजमा पुँजी स्थीर रहेको कम्पनीको जगेडा कोष १०.४४ प्रतिशत, निक्षेप तथा सापटी ४.७८ प्रतिशत र कर्जा २.१५ प्रतिशत बढेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी २ अर्ब ३२ करोड ४१ लाख, जगेडा तथा कोष ३ अर्ब ९५ करोड ९८ लाख, निक्षेप तथा सापटी ३३ अर्ब ३१ करोड ७८ लाख र ३३ अर्ब ५९ करोड ४९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
असोजसम्म लघुवत्तले खुद ब्याज आम्दानी ३८.६२ प्रतिशत र सञ्चालन नाफा ५२.७४ प्रतिशत बढेको छ । समीक्षा अवधिमा कम्पनीले ७३ करोड ९८ लाख ८८ हजार रुपैयाँ ब्याज आम्दानी तथा ४६ करोड ६९ लाख ५९ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।
खराब कर्जा नोक्सानी व्यवस्था (इम्पेरमेन्ट चार्ज) घटेपछि लघुवित्तको नाफा वृद्धि भएको हो । अघिल्लो आवको सोही अवधिमा ४ करोड २२ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज छुट्टाएको लघुवित्तले हाल २ करोड ४९ लाख रुपैयाँ मात्र राखेको छ ।
अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा बढेसँगै लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी ९.८४ रुपैयाँ बढेर ५६.६४ रुपैयाँ पुगेको छ । यस्तै खराब कर्जा अनुपात ०. ८१ प्रतिशत, आधारदर १२.५३ प्रतिशत, कष्ट अफ फण्ड ८.५१ प्रतिशत, प्रतिसेयर नेटवर्थ २७०.३० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७३१.३२ रुपैयाँ, र मूल्य आम्दानी अनुपात १७.३९ गुणा छ ।