Advertisement

कुष्माण्ड नवमीको महत्व!

0 383

Advertisement

१५ कात्तिक, काठमाडौँ । मिति २०७९ साल कार्तिक १६ गते बुधबार कार्तिकशुक्लपक्ष कुष्माण्ड नवमी तिथि राती १० / ५४ वजेसम्म त्यस उप्रान्त दशमी तिथि आरम्भ भएकोले हामिहरूले कार्तिक शुक्लपक्ष नवमी तिथीको दिन देखिपूर्णिमा तिथीसम्म भगवान लक्ष्मीनारायण भगवान अमलाको बोटमा निवास गर्नुहुनेछ।यो दिन अमला अथवा पिपलको विवाह गरिदियो भने धेरै पुण्य प्राप्त भएर करोडौं जन्मसम्म पनि नाश हुदैन।

पद्मपुराण अनुसार कार्तिक शुक्ल नवमीको दिन द्वापर युगको आरम्भ भएको थियो। यहि दिन भगवान बिष्णुले कूष्माण्ड नाम गरेको दैत्यको वध गर्नुभएको हुनाले यो दिनलाई कूष्माण्ड नवमी भनिएको हो।कूष्माण्ड दैत्यको शरीर बाट कुभिन्डो उत्पन्न भएको हुनाले यो दिन कुभिन्डो दान गर्नाले अनन्त कोटि फल प्राप्त गर्दछ।

कुभिन्डो,सुन ,चाँदी ,पहेलो कपडा ,तामाको भाडोमा तिल राखेर दान गर्ने मनुष्यले आफुले चिताएको फल प्राप्त गर्दछ।यो दिन अमलाको बोटमा अमृत प्राप्त हुने भएकोले हरेक मानिसले अमलाको पूजा अवश्य गर्नुपर्दछ।अमलाको पूजा गर्दा पूर्वाभिमुख भएर जल, चन्दन, अक्षता, फूल, आदिले पूजा-अर्चना गरेर पहेलो धागोले अमलाको रूखको परिक्रमा गरिन्छ ।

१०८ पटक अमलाको परिक्रमा गर्नाले सबै मनोकामना पूर्ण हुने जनविश्वास समेत रहेको छ ।अमला तथा विष्णु भगवानको पूजा-अर्चना गरिसकेपछि अमलाको वृक्षमुनी बनभोज ब्राह्मण भोजन र अमला सेवन उत्तम मानिन्छ।साथै यो दिन अमलाको रूखमुनि बसेर ‘ॐ धात्र्ये नम:’ यो मन्त्रले अमलाको जरामा दूधको धारा दिएर पितृहरूलाई तर्पण समेत दिन सकिन्छ ।
पं-बालमुकुन्द देबकोटा



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.