सूर्य ग्रहण के हो? यसको धार्मिक महत्व!
०७ कार्तिक, काठमाडाैं । मिति २०७९ साल कार्तिक ८ गते मंगलबार ग्रस्तास्त खण्डग्रास सूर्य ग्रहण नेपाली आकाशमा साँझ ४ / ५२ बजे देखिने र साँझ ५ / २४ वजे सूर्यास्त सँगै ग्रहण सकिने हुनाले नेपालमा ३२ मिनेट ग्रहण देखिने छ।त्यसैले यो दिन प्रात : ४ /५२ बजे देखी भोलिपल्ट ९ गते सूर्य नउदाएसम्म भोजन निसेध गरिएको छ।तर रोगी, आतुर ,वाल ,वृद्धहरूलाई ग्रहण लाग्नु ३ घन्टा अगि र ३ घन्टा पछी भोजन निसेध र अरू समय भोजन गर्नु मिल्दछ।यो ग्रहणमा स्वाति नक्षत्र तुला राशिका व्यक्तिहरूलाई अतिकष्ट हुने भएकोले विचार गर्नु पर्दछ।
संस्कृत भाषाको ‘गृण्ह्’ धातुबाट बनेको ग्रहणको सामान्य अर्थ लिनु भन्ने हुन्छ। खगोल वा ज्योतिषशास्त्रमा ग्रहण भन्नाले एउटा आकाशीय पिण्डको छायाँले अर्को आकाशीय पिण्डलाई पूर्ण वा आंशिक रूपमा छेकेर अन्धकार बनाइदिनु भन्ने बुझिन्छ। सामान्यतयः सूर्य र चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था नै ग्रहण हो। ग्रहण औंसी र पूर्णिमामा लाग्छ। सूर्यग्रहण औंसीमा लाग्छ भने चन्द्रग्रहण पूर्णिमामा लाग्दछ। मूल वैदिक ग्रन्थहरूमा ग्रहणको विषयमा सामान्य उल्लेख पाइन्छ। ऋग्वेदलगायत ब्राह्मणगन्थहरूमा सूर्यलाई अन्धकारले ढाक्ने सन्दर्भका प्रसंग आउँछन्। वैदिक कालगणनाका लागि ३४ सय वर्षअघि लगधमुनिले लेखेको वेदांग ज्योतिषमा भने ग्रहणको उल्लेख गरिएको छैन। त्यसैले पनि पौराणिक वा ज्योतिषका ग्रन्थहरूमा जस्तो ग्रहणका बेला गर्न हुने र नहुने विषयका कुनै पनि कुरा समावेश छैनन्।
पुराणमा ग्रहण धर्मशास्त्रहरूले समेत सूर्यग्रहणको समयमा गरिने कार्यहरूको महत्त्व अन्य समयको भन्दा बढि भएको बताएका छन्।‘ग्रहणको समय सबै स्थानका जल गङ्गाजल समान पवित्र हुन्छन्। सबै सत्पात्र ब्राह्मण ब्रह्मसमान हुन्छन् र गरिएका सम्पूर्ण दानधर्महरू अक्षय फलदायी हुन्छन् भनिएको छ पौराणिक ग्रन्थहरूमा ।
सूर्यग्रहण एक प्रकारको ग्रहण हो जब चन्द्रमा, पृथ्वी र सूर्यको बीचबाट जान्छ तथा पृथ्वीबाट हेर्दा सूर्य पूर्ण अथवा आंशिक रूपमा चन्द्रमाद्वारा छेकिन्छ । भौतिक विज्ञानको दृष्टिले हेर्दा यदि सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँछ भने चन्द्रमाको पछाडि सूर्यका किरणहरू केही समयका लागि छेकिन्छन , त्यसै अवस्थालाई सूर्यग्रहण भनिन्छ। पृथ्वीले सूर्यको परिक्रमा गर्छ भने चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ । कहिले काहीँ चन्द्रमा, सूर्य र पृथ्वीको बीचमा आउँछ। त्यसबेला सूर्यको केही या सबै प्रकाश छेक्दछ । जसले गर्दा धर्तीमा आंशिक या पूर्ण अँध्यारो फैलिन्छ । यस घटनालाई सूर्यग्रहण भनिन्छ । सूर्यग्रहणको घटना सदा सर्वदा अमावस्या तिथीमा नै पर्छ ।
खग्रास सूर्यग्रहण (बायाँ) तब देखिन्छ जब चन्द्रमा सूर्यलाई पूरै एक साथ छेक्दछ (जस्तै २० मे २०१२ को सूर्यग्रहणमा) खण्डग्रास सूर्यग्रहण लागेको बेलामा चन्द्रमाले सूर्यको कुनै एक भाग छेकेको हुन्छ (२३ अक्टोबर २०१४ को सूर्यग्रहण)।
ग्रहण प्रकृतिको एक सामान्य घटना हो । ज्योतिषका दृष्टिकोणले हेर्ने हो भने अभूतपूर्व, विशिष्ट ज्योतिष ज्ञान, ग्रह र उपग्रहरूको गतिविधि एवं उनीहरूको स्वरूप स्पष्ट गर्दछ । सूर्यग्रहण (सूर्योपराग) सूर्य आंशिक अथवा पूर्ण रूपले चन्द्रमाद्वारा आवृत (व्यवधान / बाधा) भएको बेला पर्दछ । यस प्रकारका ग्रहणको लागि चन्द्रमालाई पृथ्वी र सूर्यको बीचमा आउनु आवश्यक छ । यसमा पृथ्वीमा रहनेहरूलाई सूर्यको आवृत भाग देखिन्न ।
सूर्यग्रहण हुनाको लागि निम्न कुराहरू पूरा हुनु आवश्यक छ ।
अमावस्या तिथी हुनु पर्छ।
चन्दमाको रेखांश राहू या केतुको नजिकै हुनु पर्छ ।
चन्द्रमाको अक्षांश शून्यका नजिक हुनुपर्छ ।
उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुव जोड्ने रेखाहरूलाई रेखांश भनिन्छ तथा भूमध्य रेखाका चारै तर्फ वृतआाकारमा जाने रेखाहरूलाई अंक्षाशका नामले चिनिन्छ । सूर्यग्रहण सदैव अमावस्यामा नै हुन्छ । जब चन्द्रमा क्षीणतम हुन्छ र सूर्य पूर्ण क्षमता सम्पन्न तथा दीप्त हुन्छ साथै चन्द्र र राहू या केतुको रेखांश निकै निकट हुन्छ, चन्द्रको अक्षांश लगभग शून्य हुन्छ भने तब सूर्यग्रहण पर्दछ । यस्तो त्यसबेला हुन्छ जब चन्द्र रविमार्गमा या रविमार्गको निकट हुन्छ , सूर्यग्रहणका दिन सूर्य र चन्द्रका कोणीय व्यास एक समान हुन्छन् । यस कारण चन्द्र सूर्यलाई केही मिनट मात्रको लागि भए पनि आफ्नो छायाले ढाक्न सक्छ । सूर्यग्रहणका समय जुन क्षेत्र छेकिन्छ त्यसलाई पूर्ण छायाँ क्षेत्र भनिन्छ ।
वैदिक काल भन्दा पहिले पनि खगोलीय संरचनामा आधारित कलैन्डर बनाउनाको आवश्कता अनुभव गरियो । सूर्यग्रहण चन्द्र ग्रहण तथा उनको पुनरावृत्तिको पूर्व सूचना ईसा भन्दा चार हजार वर्ष पहिले नै उपलब्ध थियो । ऋग्वेदका अनुसार अत्रिमुनिका परिवारसँग यो ज्ञान उपलब्ध थियो । वेदाङ्ग ज्योतिषको महत्त्व हाम्रा वैदिक पूर्वजहरूको यस महान ज्ञानलाई प्रतिविम्बित गर्दछ ।
ग्रह र नक्षत्रहरूका संसारको यो घटना हिन्दू मनीषिहरूलाई अत्यन्त प्राचीन कालबाट नै ज्ञात रहेको छ । चिर प्राचीन कालमा महर्षिहरूले गणना गरेका थिए । यसमा धार्मिक, वैदिक, वैचारिक, वैज्ञानिक विवेचन धार्मिक एवं ज्योतिषीय ग्रन्थहरूमा हुँदै आएको छ महर्षि अत्रिमुनि ग्रहणका ज्ञान दिने प्रथम आचार्य थिए । ऋग्वेदीय प्रकाश काल अर्थात वैदिक कालबाट ग्रहणमा अध्ययन, मनन र परीक्षण हुँदै आएको छ ।
पं-बालमुकुन्द देबकोटा