Advertisement

तिहारअघि साढे ५ अर्बको ट्रेजरी नवीकरण गर्दै राष्ट्र बैंक

0 97

Advertisement

०४ कार्तिक, काठमाडाैं । नेपाल राष्ट्र बैंकले तिहारअघि नै मौद्रिक उपकरण ट्रेजरी बिल परिचालन गरेर साढे ५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋणको स्रोत जुटाउनका लागि केन्द्रीय बैंकले ५ अर्ब ६० करोडको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । बैंकले यसअघि जारी गरिसकेको ट्रेजरीको म्याद समाप्त भएकाले आइतबार पुनः बोलकबोल मार्फत नवीकरण गर्न लागेको हो ।

राष्ट्र बैंकले ३ अर्ब ६० करोड रुपैयाँको ९१ दिने र २ अर्ब रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । आइतबार बोलकबोल भई कार्तिक १४ गते जारी हुने ट्रेजरी ९१ दिन अवधिको ट्रेजरी बिल आगामी माघ १० गते तथा एक वर्ष अवधिको ट्रेजरी २०८० असोज कार्तिक ७ गते परिपक्व हुने केन्द्रीय बैंकले जनाएको छ ।

मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकले समेत सोमबार दिउँसो ३ बजेभित्र बोलकबोलमा सहभागि हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ ।

यसअघि असोज ३१ गते जारी भएको ट्रेजरी बिल्समा औषतमा देखि १०.२३७० बट्टादर (डिस्काउन्ट रेट) कायम भएको थियो । सो समयमा २ अर्बको २८ दिन अवधिको ट्रेजरीमा बट्टादर औसतमा ८.६१५९, ९१ दिन अवधिको ५ अर्ब २० करोडमा १०.७१८९, १८२ दिन अवधिको ५ अर्बमा १०.८४७० र एक वर्ष अवधिको ट्रेजरीमा १०.७६६३ बट्टादर कायम भएको थियो ।

ट्रेजरी बिल एक वर्ष वा सो भन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिल भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र रिपो, सोझै खरिद, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तरबैंक कारोबारमा प्रयोग गर्न सकिन्छ । ब्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी यस बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिन्छ ।

ट्रेजरी बिललाई प्रमिशरी नोटसरह खरिदकर्ता र बिक्रीकर्ता मिली एक–आपसमा दरपीठ गरी खरिद–बिक्री गर्न सकिन्छ । तर त्यस्तो कारोबारको जानकारी राष्ट्र ऋण व्यवस्थापन विभागलाई दिनुपर्दछ । ट्रेजरी बिलमा गरिएको लगानीबाट आर्जित आम्दानीमा आयकर लाग्ने व्यवस्था छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.