बागी उम्मेदवारलाई कात्तिक ४ गतेसम्म उम्मेदवारी निष्क्रिय पार्न कांग्रेसको अल्टिमेटम 

0 89

०१ कार्तिक, काठमाडौं । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी तथा सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका ‘बागी उम्मेदवार’लाई नेपाली कांग्रेसले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउन कात्तिक ४ गते सम्मको समयसीमा दिएको छ।

यसअघि कांग्रेसले असोज ३१ गतेभित्र बागी उम्मेदवारहरुलाई उम्मेदवारी निष्क्रिय बनाउन भनेको थियो। तर, अधिकांश उम्मेदवारहरुले उम्मेदवारी निष्क्रिय पारेका छैनन्।

पार्टी तथा गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका पार्टी नेता/कार्यकर्ता, तिनका समर्थक तथा प्रस्तावक नेता/कार्यकर्तालाई कांग्रेसले यसअघि नै ५ वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो। तर, उम्मेदवारी निष्क्रिय पार्ने उम्मेदवार र तिनका प्रस्तावक तथा समर्थकहरुलाई गरिएको कारबाही फिर्ता लिने कांग्रेसले बताउँदै आएको छ।

सोमबार एक वक्तव्य जारी गर्दै कांग्रेसले कात्तिक ४ गतेभित्र आफ्नो उम्मेदवारी निष्क्रिय पारी पार्टी तथा गठबन्धनका उम्मेदवारलाई समर्थन जनाउन ‘बागी उम्मेदवार’लाई आह्वान गरेको हो। यसरी उम्मेदवारी निष्क्रिय पार्ने उम्मेदवार तथा तिनका समर्थक र प्रस्तावक नेता/कार्यकर्तामाथि गरिएको कारबाही फिर्ता हुनेपनि कांग्रेसले जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.