Advertisement

७३ हजार डाउन पेमेन्टमा हिरो एक्स्ट्रीम १६० आर किन्न सकिने

0 101

Advertisement

३१ असाेज, काठमाडाैं । हिरो मोटरसाइकलको नेपालका लागि एनजीएम हिरोले संचालन गरेको फाइनान्स स्कीममा मोटरसाइकल तथा स्कुटर किन्नेले आफ्नो आवश्यकता अनुसारको डाउन पेमेन्ट बुझाएर मोटरसाइकल खरिद गर्न सक्नेछन् । कम्पनीले ल्याएको फाइनान्स स्कीम अन्तर्गत शून्यदेखि ६० प्रतिशतसम्म डाउन पेमेन्ट गरेर मोटरसाइकल खरिद गर्न सकिन्छ ।

यो स्कीममा हिरो एक्स्ट्रीम १६० आर किन्न चाहाने ग्राहकले ७२ हजार ८०० रुपैयाँ बुझाएर डाउन पेमेन्ट वापत बुझाएर मोटरसाइकल किन्न सक्नेछन् । ३ लाख ६९ हजार मूल्य रहेको मोटरसाइकलको उक्त डाउन पेमेन्ट रकम २० प्रतिशत हो ।

यसरी लिइएको मोटरसाइकलको बाँकी रकम भने ग्राहकले १ वा २ वर्षको किस्तामा तिर्नु पर्ने हुन्छ । २० प्रतिशत मात्रै डाउन पेमेन्ट गर्ने ग्राहकले १६ प्रतिशत हाराहारी ब्याज तिर्नु पर्छ । यसरी २० प्रतिशत मात्रै डाउन पेमेन्टमा मोटरसाइकल किन्नेले मासिक १४ हजार २५८ रुपैयाँ किस्ता तिर्नु पर्छ ।

यस्तो छ मोटरसाइकल

एक्स्ट्रीम १६० आरमा १६० सीसी, सिंगल सिलिन्डर एफआई इन्जिन रहेको छ । यो इन्जिनले ८५०० आरपीएममा १५.२ बीएच पावर र ६५०० आरपीएममा १४ एनएम टर्क प्रदान गर्नेछ । यसमा कम्पनीले अटो शेल टेक्नोलोजी प्रयोग गरेको जनाएको छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

यसमा अगाडि ३७ एमएमको फर्क र पछाडि ७ स्टेप एड्जस्टेवल मोनोशक दिइएको छ । साथै, दुबै चक्कामा पेटल टाइप डिस्क ब्रेक दिइएको छ भने सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।

कम्पनीले यसमा सबै किसिमका लाइट एलइडी प्रयोग गरेको छ भने यसमा पूर्णत डिजिटल डिस्प्लेको प्रयोग गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.