Advertisement

दसैँको छैठौ दिन : आज कात्यायनी देवीको पूजा-आराधना गरिँदै

0 255

Advertisement

१५ असाेज, काठमाडौँ । बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शनिबार घर–घरमा कात्यायनी माताको पूजा गरिँदैछ । आजका दिन कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ ।

आज बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्दछ । उपत्यकाको गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना गरिँदै छ ।

नवरात्रको छैटौँ दिन अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनी भगवतीको पुजाअर्चना गर्ने परम्परा रहेको छ । कात्यायनी भगवतीको पूजा गरेमा रोग शोक भय दुख दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास रहेको पाइन्छ ।

धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रूपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायनी रहन गएको कथन रहेको छ । तिनै कात्यायनीले महिशासुरको बध गरेको शास्त्रीय मान्यता रहेको छ ।

दुर्गादेवीले आसुरी एवम् राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै पूजाआराधना गर्ने शास्त्रीय नियम छ । दसैँमा नौ दिनसम्म शक्तिपीठ तथा दसैँघरमा पूजा अर्चना सहित दुर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ ।

दुर्गा कवच मन्त्र :-

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा प्रकिर्तितता ।।।

पहिलो दिन शैल्यपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुस्माण्डा, पाँचौँ दिन स्कन्द माता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरी दसैँमा शक्ति पूजा गर्ने प्रचलन छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.