Advertisement

कागेश्वरी मनोहरा नगरपालिका द्धारा “मेयर संग जेष्ठ नागरिक” स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न (भिडियाेसहित)

0 181

Advertisement

१४ असाेज, काठमाडाैं । कागेश्वरी मनोहरा नगरपालिकाले “मेयर संग जेष्ठ नागरिक” कार्यक्रम अन्तरगर्त आज कागेश्वरी मनोहरा वडा नं ७ को स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा कार्यक्रम आयोजना गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाको मेयर उपेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा आयोजित उक्त स्वास्थ्य जेष्ठ नागरिक सेवा कार्यक्रमको संयोजक कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष भिमसेन थापाले गर्नु भएको थियो ।

वरिष्ठ बिशेषज्ञ डाक्टरहरु तथा स्वास्थ्यकर्मीहरुको उपस्थीतीमा नगरका जेष्ठ नागरिकहरुले बिभिन्न स्वास्थ्य सेवा ग्रहण गर्नु भएको थियो । स्वास्थ्य सेवा कार्यक्रममा नगरबासी जेष्ठ नागरिकहरुको सहभागिता उल्लेखनिए रहेको थियो ।

निशुल्क स्वास्थ्य सेवा लिनपाएकोमा नगरबासी जेष्ठ नागरिकहरुले खुशी ब्यक्त गर्दै जेष्ठ नागरिकहरुको स्वास्थ्यको बारेमा सोचेकोमा कागेश्वरी मनोहरा नगरपालिकाको मेयर उपेन्द्र कार्की ज्यूलाई धन्यवाद समेत ब्यम्त गरेका छन् ।

कार्यक्रममा विशेषज्ञ डाक्टरहरूद्वारा बिभिन्न सेवाहरू जस्तैः जेष्ठ नागरिकहरुको मुटुको जाँच तथा उपचार व्यवस्थापन, आँखा जाँच, हड्डी तथा नशा सम्बन्धी जाँचका साथै दात सम्बन्धी दन्त सेवा समेत प्रदान गरिएको थियो ।

भिडियाे:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.