Advertisement

कुमारी बैंकले साढे १२ प्रतिशत नगद लाभांश दिने

0 167

Advertisement

१४ असोज, काठमाडौं । कुमारी बैंकले लाभांश घोषणा गरेको छ । १४ असोज शुक्रबार बिहान बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयर धनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयर धनीलाई १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । लाभांशमा लाग्ने कर समेत हुने गरी उक्त लाभांश प्रस्ताव गरिएको बैंकले जनाएको छ । बैंकले बोसन सेयर भने प्रस्ताव नगरेको जनाएको छ ।

हाल कायम चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रुपैयाँको १२.५० प्रतिशत नगद लाभांश बाँड्ने बैंकले साधारणसभाको मिति भने तय नभएको जनाएको छ । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसाभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुने बैंकले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.