Advertisement

तरलता अभावले रिपोको ब्याजदर उकालो लाग्दै, ‘एसएलएफ’ उपयोगमा भने गिरावट

0 85

Advertisement

१४ असाेज, काठमाडाैं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव हुँदा रिपोको मागसँगै ब्याजदर समेत बढेको छ । तरलता अभावकै कारण बैंकहरुले राष्ट्र बैंकबाट उपयोग गर्दै आएको स्थायी तरलता सुविधा (एसएलएफ) को माग भने घटेको छ ।

नेपाल राष्ट्र बैंकले लगानी योग्य रकमको अभाव खेपिरहेका बैंक तथा वित्तीय संस्थालाई बिहीबार ३० अर्ब रुपैयाँ रिपो प्रवाह गर्न खोज्दा बैंक तथा वित्तीय संस्थाले ८० अर्ब १७ रुपैयाँ माग गरेका छन्।

उक्त रिपोका लागि २९ वटा संस्थाले ६७ आवेदन मार्फत ८० अर्ब १७ करोड रुपैयाँ माग गरेका हुन । राष्ट्र बैंकले १४ दिने अवधिको लागि ३० अर्ब रुपैयाँको रिपो जारी गरेको थियो । बैंकहरुले ब्याजदर समेत बढाएर रिपो माग गरेका हुन ।

राष्ट्र बैंकका अनुसार बैंकहरुले अधिकतम ९ प्रतिशत तथा न्यूनतम ८.५० प्रतिशत ब्याजदर माग गरेका थिए । जसको औषत ब्याजदर ८.५३५८ कायम भएको छ । जुन अघिल्लो पटकको भन्दा धेरै हो । यस अधि केन्द्रीय बैंकले गत भदौ ३० गते ७ दिने अवधिका लागि २० अर्बको रिपो जारी गरेकोमा बैंकहरुले औषत ८.३४ ब्याजदर कबुलेका थिए । सो समयमा पनि ३३ अर्बको माग परेको थियो ।

चालु आर्थिक वर्ष सुरु भएपछि केन्द्रीय बैंकले चार पटक गरेर एक खर्ब रुपैयाँ रिपो जारी गरेकोमा २ खर्ब ३ अर्ब १७ करोड बराबरको माग आएको छ । पछिल्लो चार पटकको रिपोको ब्याजदर क्रमश बढ्दै गएको छ । पहिलो पटक रिपो जारी गर्दा ८.३८१६ प्रतिशत औषत ब्याजदर कायम भएकोमा चौथो पटसम्म आइपुग्दा बढेर ८.५३५८ कायम भएको छ ।

पछिल्लो समयमा रेमिट्यान्स आप्रवाहमा आएको सुधारले बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप थपिने क्रम बढेपनि अझै बैंकहरु कर्जा विस्तार गर्ने सहज अवस्थामा पुग्न सकेका छैनन ।

राष्ट्र बैंकले बैंकिङ्ग प्रणलीमा तरलता अभाव हुँदा रिपो जारी गरेर बजारमा तरलता प्रवाह गर्ने गर्छ। राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति मार्फत अन्तर बैंक कारोबार दर नीतिगत दर भन्दा २ प्रतिशत धेरै विन्दुले बढेको अवस्थामा रिपो जारी गर्ने व्यवस्था गरेको छ । हाल अन्तर बैंक कारोबार दर ८.५३ प्रतिशत पुगेको छ । केन्द्रीय बैंकले नीतिगत दरलाइ ७ प्रतिशत तोकेको छ । नीतिगत दर भनेको राष्ट्र बैंकले रिपो जारी गर्दा बैंक वित्तीय संस्थाले तिर्नुपर्ने दर हो ।

वित्तीय प्रणालीमा तरलता कसीलो स्थीतीमा रहदा अन्तर बैंक ब्याजदर बढ्दै जान्छ । सोही कसीलो तरलता अवस्थालाई व्यवस्थापन गर्न केन्द्रीय बैंकले रिपो जारी गर्ने गर्छ ।

लगानीयोग्य रकम ९तरलता० अभाव खेपेका बैंकहरुले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) उपायोगको क्रम भने घटाएका छन । बिहीबार बैंकहरुले १९ अर्ब ९७ करोड रुपैयाँ यस्तो सुविधा लिएका छन । गत बुधबार बैंकहरुले २७ अर्ब ५६ करोड यस्तो सुविधा लिएका थिए । गत मंगलबार ३१ अर्ब २१ करोड यस्तो सुविधा लिएका बैंकहरुले त्यो भन्दा अघिल्लो दिन सोमबार ३५ अर्ब ६९ करोड रुपैयाँ एसएलएफ उपयोग गरेका थिए । पछिल्लो चार दिन एसएलएफ उपयोगको क्रम भने घट्दै आएको छ ।

चालु आर्थिक वर्ष सुरु भएयता असोज १३ गते बिहीबारसम्म बैंकहरुले १९ खर्ब ५ अर्ब ७६ करोड १५ लाख रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन्। बैंकहरुले एक हजार १२६ कारोबारबाट उक्त रकम बराबरको एसएलएफ सुविधा उपयोग गरेका हुन । राष्ट्र बैंकले एक साताका लागि एसएलएफ सुविधा दिने गरेको छ ।

राष्ट्र बैंकका अनुसार अहिले समग्र बैंकिङ्ग प्रणालीमा ५१ खर्ब २८ अर्ब निक्षेप रहेको छ भने ४७ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन । यो असोज १२ गते बुधबारसम्मकोे तथ्यांक हो । यसअवधिमा वाणिज्य बैंकहरुको निक्षेप ४५ खर्ब २६ अर्ब तथा कर्जा ४१ खर्ब ९५ अर्ब रुपैयाँ रहेको छ । बैंकहरुको सिडी रेसियो ८७.१६ प्रतिशत छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.