Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

दशैंको चहलपहलले बढ्यो पेट्रोलियम पदार्थको खपत

0 49

१३ असोज, काठमाडौं । दशैंको चहलपलसँगै पेट्रोलियम पदार्थको खपत बढेको नेपाल आयल निगमले जनाएको छ । १ असोजदेखि सुरु भएको खपत वृद्धि अहिलेसम्म पनि यथावत रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

खाना पकाउने ग्याँस, पेट्रोल र डिजेल गरी सबै प्रकारका इन्धनको बिक्री केहीदिनयता बढीरहेको उपाध्यायले बताए । १ असोज यता सार्वजनिक बिदाका दिनमाबाहेक अहिले कम्तिमा २० लाख ९५ हजार किलोलिटरदेखि बढीमा ३७ लाख ७७ हजार लिटरसम्म पेट्रोल बिक्री भएको छ ।

डिजेल पनि प्रतिदिन ३६ लाख ४८ हजार लिटरदेखि अधिकतम् ५९ लाख २९ हजार लिटरसम्म प्रतिदिन खपत भएको निगमले जनाएको छ । यस्तै, खाना पकाउने ग्याँस पनि कम्तीमा १७ लाख २० हजार किलोग्रामदेखि बढीमा २५ लाख ८३ हजार किलोलिटरसम्म बिक्री भएको निगमले जनाएको छ ।

Subscribe to our newsletter

दशैंमा जहाजबाट बाहिरिनेको संख्या बढेसँगै हवाई इन्धन खपत पनि बढेको छ । यसअघि दैनिक ५ लाख २२ हजार लिटर खपत हुने हवाई इन्धनको बिक्री बढेर ६ लाख ७४ हजार लिटरसम्म पुगेको निगमले जनाएको छ ।

१ असोजदेखि ११ गतेसम्म कुल २ करोड ८ लाख ३२ हजार लिटर, ३ करोड २८ लाख ६२ हजार लिटर डिजेल र ६३ लाख ९२ हजार लिटर हवाई इन्धन खपत भएको छ । यस्तै १४ करोड ८२ लाख ७० हजार किलो खाना पकाउने ग्याँस बिक्री भएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.