Advertisement

शंकरदेवका उप-प्राध्यापकमाथि नेविसंघका कार्यकर्ताद्वारा अभद्र व्यवहार

0 89

Advertisement

१३ असोज, काठमाडौं । शंकरदेव क्याम्पसका उप-प्राध्यापक रवीन्द्र भट्टराईलाई नेविसंघका कार्यकर्ता विवेक लामाले अभद्र व्यवहार गरेका छन् ।

शंकरदेवमा संचालित प्राइभेट कार्यक्रमहरू बीबीई, बीबीए फाइनान्स, बीपीएम, बीआईएमको भर्ना अन्तिम समय बुधबार थियो ।

बीआईएमका कोअर्डिनेटर रहेका उप-प्राध्यापक रवीन्द्र भट्टराईलाई लामाले आफूले सिफारिस गरेको विद्यार्थी भर्ना गर्न दबाब दिँदै अभद्र व्यवहार गरेका थिए ।

उप-प्राध्यापक रवीन्द्र भट्टराईले भने, ‘मेरा मान्छे भर्ना गर्दे भनेर दबाब दिए । मैले नियमभन्दा बाहिर गएर भर्ना गर्न नमान्दा अभद्र व्यवहार गरे ।’ अभद्र व्यवहार गरे पनि उनले कतै उजुरी गरेका छैनन् ।

यो व्यक्तिगत नभई संस्थागत भएकोले यसलाई क्याम्पस प्रशासनले कसरी सम्बोधन गर्ने भन्ने निर्णय लिनुपर्ने बताए ।

प्राध्यापक संघ इकाईले क्याम्पसभित्र प्राध्यापकहरुमाथि हुने दुर्व्यवहार अन्त्य हुनुपर्ने र संलग्न व्यक्तिलाई कारबाही गर्न माग गरेको छ ।

गत वर्ष पनि लामाले सहायक क्याम्पस धनराज चालिसेलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.