Advertisement

पाल्पामा जिप दुर्घटना हुँदा ४ जना घाइते

0 92

Advertisement

१३ असाेज, काठमाडाैं । असोज १३ पाल्पाको रैनादेवी छहरा–४ मा गए राति जिप दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।

बुटवलबाट यात्रु लिएर पाल्पाको जुठा पौवा जाँदै गरेको लु १ ज १४३१ नम्बरको जिप भैरव मावि छहराको निर्माणाधीन भवनमाथि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पामा डिएसपी वीरेन्द्र थापाले दुर्घटनामा स्थानीय हिरा पुन, कृष्ण बहादुर राई, दीपक पुन, छविलाल रास्कोटी घाइते भएको बताए । जिपमा १० जना यात्रु रहेको थिए ।

घाइतेलाई पाल्पाकै मिसन अस्पताल तानसेनमा उपचारका लागि ल्याएको छ । जिप के कारणले दुर्घटना भयो भन्ने बारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.