Advertisement

‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली मूलकी किशोरीको लोभलाग्दो प्रस्तुति, जजले भने- मास्टरफुल

0 156

Advertisement

१२ असोज, काठमाडौं । १७ वर्षीया नेपाली मूलकी किशोरी परिजिता बाँस्तोलाले गायन रियालिटी शो द भ्वाइसको अमेरिकी संस्करणमा लोभलाग्दो प्रस्तुति दिएकी छन् । नेपाली समयानुसार बुधबार बिहान भएको शोमा उनले पहिलो गायकी प्रस्तुति गर्दै नेपाली राष्ट्रियता, संस्कृति र संगीतलाई विश्व मञ्चमा पुर्‍याउने जमर्को गरिन् ।

तिमोथी लि म्याकेन्जीको चर्चित अंग्रेजी गीत ‘जेलस’ गाउँदै उनले चारैजना जजलाई मन्त्रमुग्ध मात्र पारिनन्, उनीहरुलाई आफूतिर आकर्षित पारिन् । चारैजना निर्णायकले उनको गायकीको प्रशंसा गरे । साथै, सहकार्य गर्न पाएकोमा सम्मानित महसुस भएको पनि बताए ।

जज क्यामिलाया केबेलोले परिजिताले आफ्नो मनपर्नेमध्येको गीत गाएको भन्दै प्रशंसा गरिन् । ‘श्वासप्रश्वासलाई नियन्त्रणमा लिंदै तिमीले गीत गाउँदा म प्रभावित भएँ । सँगै काम गर्न पाउँदा उत्साहित छु,’ उनले भनिन् ।

अर्का जज जोन लिजेन्डले पनि सहकार्य गर्न पाउँदा आफूलाई सम्मानित महसुस भएको बताए । ‘उत्कृष्ट कलाकारले आफ्नो संस्कृति र त्यसको जरालाई विश्वभर फैलाउन सक्छ । तपाईंसँग काम गर्न पाउँदा मलाई सम्मानित महसुस भइरहेको छ,’ उनले भने ।

जज जिवेन स्टेफानीले परिजिताको स्वर प्राकृतिक र युनिक भएको बताइन् । ‘काम गर्न पाउँदा हामीलाई रमाइलो हुनेछ,’ उनले भनिन् । जज ब्लेक सेल्टनले आफू परिजिताको फ्यान भएको बताइन् ।

परिजिताले चारैजना जजलाई नेपालबाट लगेको रुद्राक्षको माला लगाइदिएकी थिइन् । आफू द भ्वाइसमा भाग लिने पहिलो नेपाली प्रतिस्पर्धीको रुपमा चिनाएकी उनले आफूले नेपाली संगीत सुन्ने तर मनपर्ने जनरा चाहिं आरएण्डबी भएको बताइन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.