Advertisement

खाद्य संकट र दीर्घकालीन खाद्य सुरक्षाको लागि एडिबीको १४ अर्ब डलर

0 181

Advertisement

१२ असाेज, काठमाडाैं । एसियाली विकास बैंक (एडिबी)ले एसिया र प्यासिफिक क्षेत्रमा व्याप्त खाद्य संकटको समाधानका लागि १४ अर्ब डलर परिचालन गर्ने भएको छ ।

एडिबीको ५५औँ वार्षिक सभामा एशिया र प्यासिफिक क्षेत्रमा रहेको खाद्यान्न अभावको समस्या सामाधान गरी दीर्घकालीन रुपमा खाद्य सुरक्षा बढाउने र जलवायु परिवर्तनको असर न्युनिकरण गर्ने उद्देश्यका साथ एडिबिले उक्त रकम विनियोजन गरेको हो । यो योजनामा छुट्याइएको रकम आगामी तीन वर्ष भित्र खर्चिने छ।

रुस–युक्रेन युद्धका कारण उत्पन्न खाद्य वस्तुको आपूर्ति श्रृङ्खला अवरोध, रासायनिक मलको अभाव, जलवायु परिवर्तनले विश्वव्यापी कृषि उत्पादनमा आएको कमी, कोभिड–१९ का कारण सिर्जना भएको माग–आपूर्तिबीचको असन्तुलन र कृषि प्रणाली दीगो हुन नसक्नुले खाद्य संकट एशिया र प्यासिफिक क्षेत्रमा बढिरहेको छ

विश्वव्यापी रुपमा आकाशिएको मूल्यवृद्धि र खाद्य संकटका कारण गरिबीको रेखा मुनि रहेको जनसङ्खया वृद्धि भइरहेको छ । गरिबी, आकाशिएको खाद्यान्न तथा इन्धनकोे मूल्यका कारण एशिया र प्यासिफिक क्षेत्रमा एक अर्ब भन्दा धेरै मानिसहरु स्वस्थकर खानाबाट वञ्चित भएका छन् ।

यसै अवस्थालाई चित्रण गर्दै एडिबिका अध्यक्ष मासात्सुगु असाकावाले एशिया र प्यासिफिक क्षेत्रका भोकमरी र गरिबीको चपेटामा परेका मानिसहरुलाई उक्त सहयोगले मदत गर्ने बताएका छन् । एडिबीले प्रदान गर्ने सहयोग एशिया र प्यासिफिक क्षेत्रमा खाद्य सुरक्षा बढाउन काम गर्दै आएका योजना र थप नयाँ योजनामा लागु गरिने छ ।

एडिबीले गर्ने सहयोग कृषि सामाग्रीको आपूर्ति, खाद्य उत्पादन र वितरण, सामाजिक सुरक्षा, सिँचाइ र जल स्रोत व्यवस्थापन, पर्यावरणमा आधारित समाधानहरु विकासका परियोजनाहरूमा प्रयोग गरिने छ । यस बाहेक एशिया र प्यासिफिक क्षेत्रको विकासका लागि एडिबीले ऊर्जा प्रसारण, यातायात, ग्रामीण वित्तमा पहुँच, वातावरणीय व्यवस्थापन, स्वास्थ्य र शिक्षा जस्ता खाद्य सुरक्षामा योगदान पु¥याउने अन्य गतिविधिहरूमा लगानी गर्न गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि जारी राख्नेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.