Advertisement

मेन्छियाम हाइड्रोले १६ करोड २७ लाखको आइपीओ जारी गर्ने

0 154

Advertisement

१२ असाेज, काठमाडाैं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले १६ करोड २७ लाख ७५ हजार रकम बराबरका शेयर सर्वसाधारणको लागि निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।

निष्काशन गर्न लागेको रकम मध्ये ५ करोड ४२ लाख ५८ हजार ३ सय रकम बराबरको शेयर आयोजना प्रभावित क्षेत्र बासिन्दाहरुको लागि र १० करोड ८५ लाख १६ हजार ७ सय रकम बराबरको शेयर सामूहिक लगानी कोष सहित सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो ।

उक्त कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक एन आई सी एशिया क्यापिटल रहेको छ ।

संखुवासभा जिल्लामा रहेको माथिल्लो पिलुवा खोलाबाट ४.७२ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीको हाल जारी पूँजी ३७ करोड ९८ लाख ८ हजार तीन सय रुपैया रहेको छ ।

सार्वजनिक निष्काशन पश्चात कम्पनीको जारी पूजी तथा चुक्ता पूँजी ५४ करोड २५ लाख ८३ हजार तीन सय कायम हुनेछ । निर्माणधीन माथिल्लो पिलुवा खोला–२ जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.