Advertisement

एभरेष्ट बैंकको बिर्तामोड शाखाको नयाँ कार्यालयबाट सेवा सञ्चालन

0 97

Advertisement

१२ असाेज, झापा । एभरेष्ट बैंक लिमिटेडको बिर्तामोड शाखाले नयाँ कार्यालयबाट सेवा सञ्चालन गरेको छ।

झापाको बिर्तामोड नगरपालिका–५ शनिश्चरे रोडबाट हाल सोही स्थानबाट करिब १ किलेमिटर पूर्वको मायादेवी कम्प्लेक्स धर्मकाँटा, सिटी सेन्टर नजिकै नयाँ स्थानबाट आफ्नो कारोबार सुरु गरेको हो।

कार्यक्रममा बैंकका प्रदेश–१ का प्रादेशिक प्रबन्धक जनक चापागाईंले स्थानान्तरित शाखाबाट ग्राहकहरुले सम्पूर्ण आधुनिक बैंकिङ सेवा तथा सुविधा उपभोग गर्न सक्ने बताए।

पञ्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको बैंक स्थापनाकालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको रहेको बैंकले दाबी गरेको छ।

बैंकमा हालसम्म करिब १२ लाख ग्राहक छन्। देशैभरी रहेका ११९ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गरिरहेको बैंकले जनाएको छ।

बैंकले सरकारको राजस्व संकलनका लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आएको छ। 



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.