Advertisement

तोकिएको भन्दा बढी भाडा असुल्ने १६ जना पक्राउ

0 114

Advertisement

१२ असाेज, काठमाडौं । चाडपर्वको समयमा यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जना पक्राउ परेका छन्।

काठमाडौंको कोटेश्वर र नयाँ बसपार्कबाट बुधबार बिहान ट्राफिक प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई प्रहरी प्रभाग कोटेश्वर र गोंगबुमा राखिएको छ।

बुधबार बिहान उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले काटेश्वरबाट ८ जना र नयाँ बसपार्कबाट ८ जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

चाडपर्वको समयमा यात्रुहरुलाई अनावश्यक हैरानी दिने, तोकिएको भन्दा बढी भाडा लिने, टिकटमा तोकिएको सिट नदिने जस्ता विभिन्न गतिविधि गर्ने कार्यमा संलग्न रहेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गर्दै आएको छ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरी कानुन बमोजिम कारबाही गरिने एसएसपी भट्टले बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.