Advertisement

लुम्बिनीमा विद्युतीय गाडी असोज १५ देखि चल्ने

0 261

Advertisement

१२ असोज, बुटवल । लुम्बिनी विकास कोषले असोज १५ गतेदेखि विद्युतीय गाडीको यान्त्रिक परीक्षण गर्ने भएको छ ।

मंगलबार बसेको कोषको सचिवालय बैठकले नम्बर प्लेट परिवर्तन नभएपनि दशैंको उपलक्ष्यमा ५ दिन चार्जिंङ स्टेशन र गाडिहरुको यान्त्रिक परिक्षणका लागि गाडी सञ्चालन गर्ने निर्णय गरेको हो ।

असोज १५ देखि ५ दिनसम्म परीक्षण समेत हुने गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने निर्णय गरिएको कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले जानकारी दिए । एशियाली विकास बैंकको क्लिन इनर्जी प्रोजेक्ट अन्तर्गत १३ करोड लगातमा डेढ वर्षअघि ५ वटा बस तथा १४ वटा भ्यान लुम्बिनी आएका थिए ।

बस सञ्चालनका लागि जिल्ला प्रशासन कार्यलय रुपन्देहीको सहयोग लिने र कोषका बोर्ड सदस्य बिश्वराज पौडेलको संयोजकत्वमा जावेद अख्तर र धर्मेन्द्र पाल सदस्य रहेको संयोजन समिति गठन गरेको छ । कोषले यसअघि लुम्बिनीमा रहेका विद्युतीय गाडी सञ्चालनका लागि कोषाध्यक्ष भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलले कोषका अध्यक्ष तथा नागरिक उडडयन तथा पर्यटन मन्त्री जीवनराम श्रेष्ठलाई भदौ १२ गते प्रतिवेदन बुझाएको थियो । कोषको भदौ २३ गते बसेको कार्यकारिणी बैठकले कार्यविधिलाई अर्को बैठकले पास गर्ने निर्णय गरेको कोषाध्यक्ष भट्टराईद्धारा मंगलबार जारी विज्ञप्तीमा भनिएको छ । कोषले दशैैंमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको थियो ।

पर्यटन मन्त्रालयले कोषलाई पत्रद्वारा हस्तान्तरण गरेपनि यात्रु बोक्न सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेटमा गाडिको नामसारी नहुँदा ढिलाई भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘हामीले एक महिना अघि देखि प्रदेश पर्यटन र यातायात कार्यलयमा नम्बर प्लेट परिवर्तनमा निवेदन पेश गरेका थियौं, पर्यटन दिवसकै दिन प्रदेश पर्यटन मन्त्रालयले हरियो प्लेटका लागि सहमति प्रदान गरेको छ’ कोषाध्यक्ष भट्टराईले सचिवालय बैठकपछि जारी विज्ञप्तिमा भनेका छन्, ‘यातायात कार्यलयबाट नामसारी भएपछि आवश्यक रुट अनुमति लिएर विद्युतीय बस सञ्चालन गरिनेछ ।’

यी गाडीको तेस्रो पक्षको बीमा गरेपछि अफिसियल परिक्षण र परीक्षण सञ्चालन गरिने कोषले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.