Advertisement

बोर्डले भन्यो : नेपालमा ‘प्रेमगीत ३’को कमाई साढे चार करोड हारहारीमा

0 132

Advertisement

११ असाेज, काठमाडौं । ‘प्रेमगीत ३’ यतिबेला चर्चामा छ । पब्लिसिटी र सेन्सरको क्रममा यसले प्राप्त गरेको ‘हाइप’ कमै फिल्मलाई हुनेगर्छ । यतिबेला धेरैको चासो फिल्मले कति कमायो भन्ने हो ?

फिल्मको कमाइलाई लिएर चलचित्र विकास बोर्डको बक्सअफिस र निर्माताबीचको तथ्यांक बाझिएको छ । निर्माता सुवास कालेले फिल्मको नेपाली संस्करणले नेपालमा सुरुआती तीन दिनमा ५ करोड २० लाख रुपैयाँ कमाएको तथ्यांक उल्लेख गरेका छन् ।

चलचित्र विकास बोर्डले चाहिँ सोमबार बेलुकासम्म नेपाली संस्करणले देशब्यापी ३ करोड ७६ लाख रुपैयाँ ग्रस कमाइ गरेको जनाएको छ । बोर्डका अनुसार सोमबार रिलिज भएको हिन्दी संस्करणले ५३ लाख रुपैयाँ कमाइ गरेको छ ।

बोर्डले उपलब्ध गराएको तथ्यांकलाई केलाउँदा र बक्सअफिस सर्भर जडान नभएका कतिपय हलको तथ्यांक विश्लेषण गर्दा फिल्मको तीन दिने कमाई ४ करोड हारहारी हुने अनुमान गरिएको छ ।

कूल मिलाएर नेपालमा ‘प्रेमगीत ३’ को हिन्दी र नेपाली संस्करणको कूल कमाई साढे चार करोड आसपास हुने अनुमान छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.