Advertisement

दशैँ बिदामा पनि मुद्दाको सुनुवाइ

0 42

Advertisement

११ असोज, काठमाडौँ । दशैँ बिदाका समयमा पनि सर्वोच्चसहितका अदालतमा बन्दीप्रत्यक्षीकरणका निवेदनमा सुनुवाइ हुने भएको छ। न्यायाधीशबीच आलोपालो रूपमा सुनुवाइ हुनेछ।

घटस्थापना, शनिबार र विजयादशमीको दिनबाहेक सबै दिन बिदामा पनि बन्दीका रिटमा सुनुवाइ हुनेछ। असोज १० गतेदेखि असोज २३ गतेसम्मको दशैँ बिदामा सर्वोच्च र मातहतका अदालतमा तालिका लागू हुनेछ।

सो अवधिमा बन्दीप्रत्यक्षीकरणका रिट पनि दर्ता हुनेछन्। रिटको सुनुवाइसम्बन्धी सर्वोच्चको सूचनामा भनिएको छ, “न्याय प्रशासन ऐन–२०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट लिई सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ।”

जिल्ला अदालतमा भने बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइसँगै फौजदारी कार्यविधि संहिताको दफा ९ अनुसारका पक्राउ पुर्जी जारी गर्ने र पक्राउ अनुमति दिने काम पनि हुनेछ। पक्राउ अनुमति दिने र पक्राउ गर्नका लागि शनिबार र विजयादशमीको दिनबाहेक जिल्ला तहका अदालतमा सेवा कायम रहनेछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.