Advertisement

नेप्सेको तथ्यांक शुल्क ६ गुणासम्म बढाएको खबर तथ्यहिन र भ्रामक: सेबोन

0 68

Advertisement

१० असाेज, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को तथ्यांक शुल्क सम्बन्धमा ६ गुणासम्म वृद्धि गरि स्वीकृत गरेको भन्ने खबर भ्रामक र तथ्यहीन रहेको स्पष्टिकरण दिएको छ ।

बोर्डले आइतबार एक सूचना जारी गर्दै हालै केही अनलाईन सञ्चार माध्यममा सो प्रकारको समाचार संप्रेषण भएको समाचारप्रति बोर्डको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

बोर्डले भनेको छ, ‘नेप्सेबाट बोर्डमा पेश भएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि, २०७७ मा उल्लेखित शुल्कहरु उक्त लिमिटेडबाट स्वीकृतिका लागि बोर्ड समक्ष प्रस्ताव गरिए बमोजिम यथावत नै रहने गरि स्वीकृत गरिएको व्यहोरा जानकारी गराइन्छ । ’

बोर्डले धितोपत्र कारोवार सञ्चालन विनियमावली, २०७५ (संशोधन सहित) को विनियम ३९ (क) मा धितोपत्रको कारोबार भए पश्चात उपलब्ध हुने तथ्याङ्क तथा जानकारी दिने सम्बन्धी कार्यलाई व्यवस्थित गर्न नेप्सेले कार्यबिधि बनाएको जनाएको छ ।

सो कार्यविधि नेप्से आफैँले बनाई लागू गर्न सक्ने र नेप्सेले बनाउने कार्यविधिमा धितोपत्रको कारोवार भए पश्चातको तथ्याङ्क तथा जानकारी उपलब्ध गराए बापत कुनै शुल्क लिने व्यवस्था भएमा त्यस्तो शुल्क बोर्डबाट स्वीकृत भएपछि मात्र लिन सकिने व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.