Advertisement

सिरहा र सुनसरीका निर्वाचन अधिकृत फेरिए

0 101

Advertisement

१० असाेज, काठमाडौं । सिरहा र सुनसरीका निर्वाचन अधिकृत हेरफेर भएका छन् । निर्वाचन आयोगको सूचनाअनुसार यसअघि सिरहा प्रतिनिधिसभा क्षेत्र नम्बर २ का लागि सर्वोच्च अदालतका कृष्णप्रसाद अधिकारीलाई नियुक्त गरिएको थियो ।

अधिकारीको स्थानमा असोज ११ गतेदेखि लागु हुने गरी सर्वोच्च अदालतका मुकुन्द निरौलालाई नियुक्त गरिएको आयोगले जनाएको छ ।

त्यसैगरी, सुनसरी क्षेत्र नम्बर ३ का लागि राजश्व अनुसन्धान विभागका विदुर कुमार कार्की नियुक्त भएका थिए । सुनसरीमा कार्कीको स्थानमा विशेष सरकारी वकिल कार्यालय काठमाडौंका उमाकान्त पौडेललाई नियुक्त गरिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आगामी मंसिर ४ गते हुँदै छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.