बसन्तपुरमा रहेको दशैं घरमा पनि राखियो जमरा
१० असाेज काठमाडाैं । बडादशैँको आज पहिलो दिन । आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवम् गणेश स्थापनासहित घटस्थापना गरिएको छ ।
हरेका वर्षझै बसन्तपुरमा रहेको दशैं घरमा यो पटक पनि वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आराधान गरी जमरा राखिएको छ ।
आजैको दिन विधिपूर्वक घट अर्थात घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आरधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो ।
आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदाबाट सुरु भएको दशैँ १५ दिनसम्म मनाइन्छ।