Advertisement

साउदी अरबको मदिनामा भेटियो सुनको भण्डार

0 87

Advertisement

०७ असाेज, एजेन्सी । साउदी अरबले मदिना शहरमा सुन र तामाको ठूलो भण्डार भेटिएको घोषणा गरेको छ । साउदी अरबले बिहिबार मदिनामा सुन र तामाको अयस्क साइटहरु पत्ता लागेको घोषणा गरेको छ ।

साउदी अरबको भूगर्भ सर्वेक्षण विभागले एक सोसल मिडिया पोस्टमा सुनको अयस्क मदिना क्षेत्रमा अबा अल–राहाको सीमाभित्र पत्ता लागेको बताएको छ । यस्तै, विभागका अनुसार मदिना शहरको अबा अल रहा इलाकामा माटोमा दबेको सुन भेटिएको छ जबकी अल मदिक र वादी अल फारा इलाकाको चार स्थानमा तामाको भण्डार भेटिएको छ ।

अल अरबियाको रिपोर्ट अनुसार यो भण्डारबारे पत्ता लागेपछि देशमा लगानी बढ्नेछ जसलाई देशको विकासमा प्रयोग गरिनेछ । अधिकारीका अनुसार यसबारे पत्ता लागेपछि देशमा ५३ करोड डलरको लगानी आउनसक्छ साथै ४ हजारभन्दा बढी नयाँ रोजगारी सिर्जना हुनसक्छ ।

साउदी युवराज मोहम्मद बिन सलमानको २०३० को भिजनमा तेल–ग्यासबाहेक खानीतिर पनि जोड दिइने समावेश थियो । युवराजले अनुसन्धान र विकासलाई प्राथमिकतामा समावेश गर्नुपर्ने बताएका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.